Tuesday 6th October 2026

सुनकोशीमा बस खस्दा ३ को मृत्यु, ४ घाइते


तितोपाटी – सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मूलकोटमा बस खस्दा ३ जनाको मृत्यु भएको छ । सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना ६ ख ९१२ नम्बरको बस सडकबाट ५ सय मिटर तल सुनकोशी नदीमा खस्दा एक जनाको घटनास्थलमा नै अरु २ जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा सिन्धुपाल्चोक सुनकोशीी गाउँपालिका ८ का २८ वर्षका रवि खड्काको घटनास्थलमा नै मृत्यु भएको हेा । त्यस्तै बस चालक सिन्धुली मरिण गाउँपालिका ७ का २८ वर्षका राजकुमार लामा र सोही ठाउँमा २३ वर्षका अमित लामाको धुलिखेल अपतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बसमा  चालकसहित ७ जनामात्र सवार रहेको प्रहरीले जनाएको छ । तिब्र गतिमा गुडेको बस अनियन्त्रित भई खसेको प्रहरीको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...