Monday 13th April 2026

भारतमा पनि अाँधी, ८ जनाको मृत्यु


तितोपाटी – भारतका पुर्वी राज्य उडिसा र आन्द्र प्रदेशमा विहीबार आएको सामुद्रिक आँधीका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै आन्द्र प्रदेशका हुन् । आँधीका कारण हजारौं घरहरू ध्वस्त भएका छन् । १ सय ५० किलोमिटर प्रतिघण्टाको हावाहुरीका कारण उडिसा र आन्द्र प्रदेशका तटीय क्षेत्रमा आएको तितली नामक आँधीपछि कम्तीमा ३ लाख मानिसहरू विस्थापितभएका छन् ।

अधिकारीहरूले आँधी प्रभावित क्षेत्रमा यातायात तथा अवरुद्ध भएको जनाए । आन्द्र प्रदेशको श्रीकाकुलम जिल्लाका प्रमुख के धनन्जय रेड्डीले भने, ‘करिब ६ देखि ७ हजार विजुलीका पोल ढलेका हुनसक्ने डर लागेको छ ।’ उनले ‘४ देखि ५ लाख मानिसहरू विजुलीबिना बस्न बाध्य भएको’ बताए ।

अधिकारीले उडिसाका शैक्षिक संस्थाहरू एक साताका लागि बन्द हुने जनाएका छन् । करिब १ हजार २ सय जनालाई अस्थायी शिविरमा राखिएको छ । भारतको पूर्वी क्षेत्र तथा बंगलादेश पटक–पटक सामुद्रिक आँधीको चपेटामा पर्ने गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...