Saturday 20th June 2026

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु


तितोपाटी – मुलुकका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ। काठमाडौं, चितवन, सर्लाही, पर्सा, रुपन्देही, अछाम र ललितपुरमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको हो ।

राजधानीको सितापाईला चोकमा बा.२ ज २५६९ नम्बरको ट्याक्सीले बा.६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कलंकी बस्ने काभ्रे रोसी गाउँपालिका–१ का २३ वर्षीय निरज लामाको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।

उता चितवनको भरतपुर महानगरपालिका १ लिलाचोकमा ना.७ ख ११११ नम्बरको बसले ना.३८प ८०८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक  पहिचान नखुलेका करिब २५ वर्षीय पुरुषको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । त्यस्तै सर्लाही बागमती नगरपालिका–१ मिलन चोकमा ना.५ ख ११०४ नम्बरको बसले  सोही ठाउँ बस्ने ९ वर्षीया सुस्मिता थापालाई बाटो काट्ने क्रममा ठक्कर दिँई घाइते बनाएकामा उनको  चुरेहिल अस्पताल मकवानपुरमा उपचारको क्रममा हिजो मृत्यु भएको हो ।

पर्सा वीरगंज महानगरपालिका२१ ड्राईपोर्ट सडकमा को.१ त ४९२० नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका सोही ठाउँ बस्ने २१ वर्षीय समिर खानलाई गण्डक अस्पताल तर्फ पठाइएकोमा मंगलबार बाटोमै मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।त्यस्तै रुपन्देही बुटवल उपमहानगरपालिका–११ श्रीजनानगर सडकमा रोकीराखेको ग.१ त २२६४ नम्बरको ट्याक्टरमा ठक्कर खाई दुर्घटना हुँदागम्भीर घाइते भएका लु.२२ प ८३९८ नम्बरको मोटरसाइकल चालक पाल्पा रैनादेबी छहरा गाँउपालिका–३ बस्ने२३ वर्षीय दानबहादुरकुमालको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ प्रहरीले जनाएकाे छ ।

उता अछाम तुर्मखाद गाउँपालिका ७ कालिखोलामा से.२ त ८८३ नम्बरको ट्रयाक्टरका सहचालक सोही ठाउँ बस्ने१८ वर्षीय जगत बैक ट्रयाक्टरबाट खस्दा घटनास्थलमै मृत्यु भएको छ। ललितपुर महानगरपालिका १५ हात्तिवनस्थित सडकमा बा.१८ च ३१७४ नम्बरको गाडीले २ वटा मोटरसाईकललाई ठक्कर दिँदा बा.५१ प ५९३१ नम्बरको मोटरसाइकल चालक गोदवारी नगरपालिका ३ मानेडांडा बस्ने २४ वर्षीय राजेश विशंखुको उपचारका क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

प्रतिकृयाहरू
...