Saturday 8th November 2025

भारतको उत्तरप्रदेशमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३० जना घाइते


तितोपाटी – भारतको उत्तर प्रदेश राज्यमा बुधबार एउटा रेल दुर्घटना हुँदा त्यसमा सवार ६ जनाको मृत्यु भएको छ ।  साथै अन्य ३० घाइते भएका समाचारमा जनाइएको छ । उत्तर प्रदेशका रेल सेवाका अधिकारीहरुले सो समाचारको पुष्टि गरेका छन्  । सो दुर्घटना रैबेरली जिल्लामा अवस्थित हार्चापुर रेल स्टेसनको नजिकै भएको बताइएको छ ।

न्यु फरक्का एक्सप्रेस रेल सेवाको एक रेलका आठओटा डिब्बा रेलमार्गबाट बाहिर निस्किएपछि दुर्घटना भएको थियो । त्यसमा परी ६ जनाको ज्यान गएको छ भने अरु ३० घाइते भएका छन् ।  उक्त रेल सेवाका अधिकारीहरुले रेल दुर्घटनाको कारण खोजी भइरहेको जानकारी दिएका छन् ।

उक्त रेल दुर्घटनापछि भएको क्षति र उद्धार कार्यका दृश्यहरु स्थानीय टेलिभिजनहरुले देखाएका छन् । उक्त रेल भारतको राजधानी नयाँ दिल्लीबाट पश्चिम बङ्गालको माल्दा शहरतर्फ जाँदै गरेको थियो ।
रेल सेवाका अधिकारीले उक्त रेलको दुर्घटनाको छानबिनको लागि एक समिति गठन गरिएको जानकारी दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical…

कुवेतका उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहाद युसुफ साउद अल-सबाहले आज कुवेतको अल बयान प्लेसमा भारतको केरला राज्यका मुख्यमन्त्री पिनारायी…

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला…

प्रतिकृयाहरू
...