Friday 19th April 2024

गायक तथा मोडेल सज्जनको सालैजो “मालिका धुरी” बजारमा सार्बजनिक (भिडियो सहित)


तितोपाटी – म्याग्दीका चर्चित लोक तथा दोहोरी गायक तथा मोडेल सज्जन बोहोराले फेरि सबैलाई नचाउने मौलिक सालैजो गीत “मालिका धुरी” बजारमा ल्याएका छन ।

बिगत केही वर्ष अगाडि देखी सांगेतिक क्षेत्रमा आफु लाई गायक तथा मोडेलको रुपमा परिचित बनाउदै आएका गायक सज्जन बोहोरा र प्रबेश छन्त्याल ‘तारा’ को संयुक्त एल्वम मालिका धुरी सालैजो गीत अहिले बजारमा निकै चर्चा चलेको छ । म्याग्दीका बिभिन्न पर्यटकीय र धार्मिक स्थललाई समेटेर तयार पारिएको गीतमा माया र प्रेमलाई पनि समेटिएको छ । उक्त गीतमा शब्द रचना शब्द संकलन प्रवेश छन्त्याल ‘तारा’ को रहेको छ भने लय गायक सज्जन बोहोरको रहेको छ ।

बिभिन्न म्युजिक भिडियोमा नृत्य तथा अभिनय गरेका बोहोरा यसपाली सालैजो गीत मार्फत चर्चित मोडेल करिश्मा ढकाल संग कम्मर मर्काएका छन । सज्जन बोहोरा र देबि घर्तिको आवाजमा रहेको गीतमा निर्देशन मौशम हिमालिको रहेको छ । उक्त गीत मेसना डिजिटल कम्पनीको प्रस्तुतिमा म्युजिक नेपाल बाट युट्युबमा सार्बजनिक भएको छ ।

भिडियाे हेर्नकाे लागि यहाँ क्लिक गर्नुहाेस ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...