Tuesday 6th October 2026

गायक तथा मोडेल सज्जनको सालैजो “मालिका धुरी” बजारमा सार्बजनिक (भिडियो सहित)


तितोपाटी – म्याग्दीका चर्चित लोक तथा दोहोरी गायक तथा मोडेल सज्जन बोहोराले फेरि सबैलाई नचाउने मौलिक सालैजो गीत “मालिका धुरी” बजारमा ल्याएका छन ।

बिगत केही वर्ष अगाडि देखी सांगेतिक क्षेत्रमा आफु लाई गायक तथा मोडेलको रुपमा परिचित बनाउदै आएका गायक सज्जन बोहोरा र प्रबेश छन्त्याल ‘तारा’ को संयुक्त एल्वम मालिका धुरी सालैजो गीत अहिले बजारमा निकै चर्चा चलेको छ । म्याग्दीका बिभिन्न पर्यटकीय र धार्मिक स्थललाई समेटेर तयार पारिएको गीतमा माया र प्रेमलाई पनि समेटिएको छ । उक्त गीतमा शब्द रचना शब्द संकलन प्रवेश छन्त्याल ‘तारा’ को रहेको छ भने लय गायक सज्जन बोहोरको रहेको छ ।

बिभिन्न म्युजिक भिडियोमा नृत्य तथा अभिनय गरेका बोहोरा यसपाली सालैजो गीत मार्फत चर्चित मोडेल करिश्मा ढकाल संग कम्मर मर्काएका छन । सज्जन बोहोरा र देबि घर्तिको आवाजमा रहेको गीतमा निर्देशन मौशम हिमालिको रहेको छ । उक्त गीत मेसना डिजिटल कम्पनीको प्रस्तुतिमा म्युजिक नेपाल बाट युट्युबमा सार्बजनिक भएको छ ।

भिडियाे हेर्नकाे लागि यहाँ क्लिक गर्नुहाेस ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...