Tuesday 6th October 2026

स्याङ्जामा सुस्त मनस्थितिकी १६ वर्षीया किशोरी बलात्कृत


तितोपाटी – सुस्त मनःस्थितिकी १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा ४८ वर्षे जुद्धबहादुर भण्डारीलाई प्रहरीले पक्रेको छ। पुतलीबजार नगरपालिका–१४ निवासी किशोरीलाई बाख्रा चराएर घर फर्कने क्रममा उनले करणी गरेको प्रहरीले जनाएको छ। ती किशोरी गत शुक्रबार आफ्ना बाबुसँग जंगलमा वस्तु चराउन गएकी थिइन्। करिव २ बजेतिर बाबुले बाख्रा लिएर घर गएपछि किशोरी एक्लै गोरु चराउँदै थिइन्।

त्यही बेला छिमेकी भण्डारीले पैसाको लोभ देखाएर करणी गरेको प्रहरीले जनाएको छ। ‘जंगलमा किशोरीको मुख थुनेर कसैलाई नभन्नु भनेर धम्की दिई करणी गरेको थाहा भएको छ’, प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले भने, ‘भण्डारीले चाउचाउ खाउ भनेर ३ वटा २० रुपैयाँको नोट दिएर फकाउने प्रयास गरेको देखिन्छ।’

घर फर्केपछि नुहाउने क्रममा पीडित किशोरीले यौनांगमा पीडा भएको बताएपछि आमाबुबाले सोधखोज गरेका थिए। सोधखोज गर्ने क्रममा घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरिएको हो। अभिभावकको किटानी जाहेरी बमोजिम आरोपितलाई करणी मुद्दामा ३ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

ती किशोरी ६ वर्ष पहिले पनि करणीमा परेको बताइएको छ। साविक पुतलीबजार नगरपालिकाका–८ का ४७ वर्षे मेगबहादुर भुजेलले नाबालिका ११ वर्षको हुँदा करणी गरेका थिए। भुजेल हालसम्म फरार छन्। जिल्ला अदालतले पीडक मेगबहादुर भुजेललाई १५ वर्ष कैद सजाय र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन फैसला गरेको छ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...