Tuesday 6th October 2026

बाघको छाला तस्करीमा सेनाका जवान नै संलग्न, ४ जना तस्कर पक्राउ


तितोपाटी – नेपाली सेनाका दुई जवान सहित चार युवा बाघको छालासहित पक्राउ परेका छन् । एक थान पाटे बाघको छाला र तीन थान चितुवाको छाला ओसारपसारको क्रममा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

स्याङ्जा स्थायी घर भइ हाल धादिङको बैरेनी ब्यारेकमा कार्यरत नेपाली सेनाका जवान सोमराज श्रेष्ठ, भद्रकालीस्थित विकास निर्माण बाहिनीमा कार्यरत जवान गोरखाका सलिम मिया, कपिलवस्तुका राजन थापा र अर्घाखाँचीका मानबहादुर नेपाली पक्राउ परेका हुन् ।

कपिलवस्तुबाट काठामाडौं ल्याउँदै गरेको अवस्थामा उनीहरु सोमबार राति थानकोटस्थित नागढुंगाबाट पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको प्रहरी टोलीले पूर्व सूचनाको आधारमा उनीहरुलाई नागढुंगास्थित पिपलबोटबाट पक्राउ गरेको बताएको छ ।

प्रहरी प्रवक्ता होविन्द्र बोगटीले बताए अनुसार अभियुक्त चारजनाले कपिलवस्तुबाट काठमाडौं छाला कारोवार गर्ने क्रममा थिए । साथै उक्त छाला ७६ लाख रुपैयाँमा काठमाडौं मै बिक्रीको तयारी भएको थियो ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...