Saturday 8th November 2025

अफगानिस्तानमा सेनाको हवाइ अाक्रमणमा २८ जना तालिबानीको मृत्यु


तितोपाटी – उत्तरी अफगानिस्तानको फर्याब प्रान्तमा आतङ्ककारीविरुद्ध भएको हवाई कारबाहीमा २८ जना तालिबान आतङ्ककारी मारिएका छन् । अफगान सैनिक स्रोतले सोमबार सो जानकारी दिएको छ । आइतबार साँझ अफगान र अमेरिकाआबद्ध नेटो सेनाले फर्याब प्रान्तको कायसार र दउलत अवाद जिल्लामा गरेको हवाई कारबाहीमा परी ती आतङ्ककारी मारिएको सेनाका प्रवक्ता हनिफ रेनाइले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

यस हवाई कारबाहीमा परी तालिवानका दुई स्थानीय कमाण्डर कारी अब्दुल्लाह र रहमातुल्लाहको समेत मृत्यु भएको बताइएको छ । अफगान सुरक्षा बल र नेटो आवद्ध सयुक्त गठबन्धनले तालिबानविरुद्ध हवाई र स्थल आक्रमणमा केही महिनायता तिब्र बनाएको छ ।

यही अक्टोबर महिनाको २० तारिखमा अफगानिस्तानमा हुन गइरहेको आमनिर्वाचनलाई ध्यानमा राखेर तालिबानविरुद्ध अफगान र नेटोआवद्ध सैनिकले भीषण कारबाही सुरु गरेका छन् ।

–सिन्ह्वा


सम्बन्धित शीर्षकहरु

कुवेतका उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहाद युसुफ साउद अल-सबाहले आज कुवेतको अल बयान प्लेसमा भारतको केरला राज्यका मुख्यमन्त्री पिनारायी…

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला…

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

प्रतिकृयाहरू
...