Wednesday 18th March 2026

हराइरहेका इन्टरपोल प्रमुख चीनको कव्जामा


तितोपाटी – केही दिनदेखि हराइरहेका इन्टरपोलका प्रमुख मेंग होंगवेई चीनको कब्जामा छन् । चीनले यसबारे पुष्टि गरेको छ । होंगवेईले चीनका केही कानूनको उल्लंघन गरेको भन्दै सोधपुछका लागि रोकिएको जानकारी दिइएको छ ।

होंगवेई फ्रान्सको लियोन शहरबाट हराइरहेका थिए जहाँ इन्टरपोलको मुख्यालय छ । यसै वर्ष सेप्टेम्बर २५ मा इन्टरपोलको मुख्यालयबाट निस्किएपछि होंगवेई हराइरहेका थिए । सार्वजनिक पद धारण गरेका मानिसहरूले गर्ने भ्रष्टाचारबारे अनुसन्धान गर्ने राष्ट्रिय सुपरिवेक्षण आयोगले मेङमाथि अनुसन्धान भइरहेको आफ्नो वेबसाइटमा राखेको एउटा विज्ञप्तिमा उल्लेख गरेको छ।

चीनमा बेपत्ता हुनेमा मेङ पछिल्लो चर्चित व्यक्ति हुन्। पछिल्ला महिनाहरूमा उच्च सरकारी अधिकारीहरू, अर्बपति र लोकप्रिय व्यक्तित्वहरू बेपत्ता भएका छन्। उनकी श्रीमती ग्रेस मेंगले होंगवेईको ज्यान खतरामा भएको आशंका जताएकी थिइन् । इन्टरपोल संसारभरीको पुलिस संस्थाको संगठन हो जसको नेतृत्व मेंग होंगवेईको हातमा छ । मेंग होंगवेई चीनको जन सुरक्षा विभागका उपमन्त्री भइसकेका छन् र चीनका पहिलो यस्तो नागरिक हुन् जसलाई दुई वर्ष अघि इन्टरपोलको प्रमुखको पदका लागि चुनिएको हो ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

गोरखा समाज कुवेतले नेपालका मुटुरोगीलाइ नेपाली रूपैयाँ ४२ हजार भन्दा बढी अार्थिक सहयोग गरेको छ । समाजले गोरखाका मुटुरोगी गोपाल…

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

प्रतिकृयाहरू
...