Tuesday 6th October 2026

निर्मला बलात्कार-हत्या प्रकरणमा थप २ प्रहरीहरू निलम्बित


तितोपाटी – कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको घटनामा थप दुई प्रहरीलाई निलम्बन गरिएको छ । प्रतिवेदन सार्वजनिक गरिए लगत्तै प्रहरी नायव निरीक्षक (असई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई निलम्बन गरिएको हो । निर्मला पन्तको बलात्कारपछि हत्याका दोषी पत्ता लगाउन माग गर्दैआइतबार सार्वजनिक गरिएको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले प्रहरी अनुसन्धान फितलो र शंकास्पद देखिएको निष्कर्ष निकाल्दै पुन: सुक्ष्म अनुसन्धान गर्न सुझाव दिएको थियो।

चाँदनीले मृतक निर्मलाको लुगा पखालेको भिडियोमा देखिएको थियो भने प्रतिवेदनमा पनि उनले नियतवश नभई अन्जानवश नै लुगा पखालेको बयान दिएकी छन्। दुवै प्रहरी अधिकारीहरुले अनुशन्धानको क्रममा गम्भिर लापरवाही गरेकाे देखिएकाले निलम्बन गरिएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए।

यसअघि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपीहरु अंगुर जिसी र ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकहरु जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बनमा परेका थिए।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...