Tuesday 6th October 2026

निर्मलाका निम्ति न्याय चाहियो भन्दै काठमाण्डाैंमा प्रदर्शन


तितोपाटी – कञ्चनपुरकी १३ वर्षीया वालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको दोषी पत्ता लगाई कारवाही गर्न माग गर्दै राजधानीको माइतीघर मण्डलामा विराेध प्रदर्शन गरिएको छ।

निर्मलाका लागि न्याय माग्दै गरिएको प्रदर्शनमा कलाकार, नागरिक समाज मानवअधिकारवादी, विद्यार्थीलगायत हजारौ युवाको सहभागिता छ। घटना भएको ३ महिना हुन लाग्दा पनि निर्मलाका हत्यारा पहिचानमा सरकारको लाचारीपन देखिएको, हत्यारा जोगाउन खोजेको भन्दै सरकारको खवरदारी गरिएको छ।

न्याय माग्नेलाई लाठी बर्साउछौ, बलात्कारीलाई माया गर्छौ, आइजिपीलाई बर्खास्त गर, प्रमाण नष्ट गर्नेलाई कारबाही गरभन्ने लगायतका नारा लेखिएका प्लेकार्ड प्रर्दशन गरिएको छ। माइतिघरमा भेला भएका प्रदर्शनकारी बानेश्वर पुगेर कोण सभा गर्ने भएका छन्।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...