Monday 13th April 2026

दक्षिण कोरियाका पुर्वराष्ट्रपतिलार्इ १५ वर्ष जेल


तितोपाटी – दक्षिण कोरियाका भूतपूर्व राष्ट्रपति ली म्युङ-बाकलाई पदमा हुँदा भ्रष्टाचार र शक्तिदुरुपयोग गरेको ठहर गर्दै एउटा अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ। घुस लिएको, आर्थिक हिनामिना गरेको र शक्तिदुरुपयोग गरेको अभियोग प्रमाणित भएको भन्दै अदालतने उनलाई झन्डै एक करोड १५ लाख डलर जरिवाना तिर्न आदेश दिएको छ।

लीले आफूविरुद्ध लगाइएका अभियोगहरू राजनीतिक रूपमा अभिप्रेरित भएको दाबी गर्दै आएका छन्। दक्षिण कोरियामा जेल जाने उनी चौथा पूर्वनेता हुन्। उनकी उत्तराधिकारी पार्क गुन हेलाई गत अप्रिल महिनामा कारागार पठाइएको थियो।

शक्तिदुरुपयोग गरेको र अरूलाई दबाव दिएको अभियोगमा पार्कलाई ३३ वर्षको जेल सजाय सुनाइएको थियो। गत वर्ष पार्कविरुद्ध ठूला विरोधप्रदर्शनहरू भएका थिए। उनी महाभियोगमार्फत् पदमुक्त हुने प्रथम निर्वाचित राष्ट्रपति हुन्।

शुक्रवार फैसला सुनाइँदा अस्वस्थताको कारण देखाउँदै पूर्वराष्ट्रपति ली अदालतमा उपस्थित भएनन्। अपराधहरूको गम्भीरताका कारण “अभियुक्तलाई ठूलो दण्ड दिइनु अवश्यम्भावी” भएको सोलको केन्द्रीय जिल्ला अदालतका न्यायाधीशले बताए।

साम्सङ कम्पनीका अध्यक्ष ली कुन‍-हीलाई क्षमादान दिन लीले ठूलो धनराशि लिएको अदालतले ठहर गरेको थियो। तर सो कम्पनीले पूर्वराष्ट्रपति लीलाई पैसा नदिएको दाबी गरेको छ। दक्षिण कोरियामा नेता र ठूला व्यापारिक घरानाहरूबीच रहेको सम्बन्धबाट विवाद देखिने गरेको छ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...