Tuesday 17th March 2026

कर छलेको अभियोगमा चीनमा एक अभिनेत्रीलार्इ करिब १३ करोड डलर जरिवाना


तितोपाटी – चिनियाँ चर्चित एक अभिनेत्रीलाई करछली मुद्दामा करिब १३ करोड बराबर जरिवाना भएको छ। चिनियाँ अभिनेत्री फान बिङबिङलाई करछली अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश भएको हो। चीनियाँ चलचित्र उद्योगमा धेरै पारिश्रमिक पाउने अभिनेत्रीमध्येकी एक फानमाथि यत्ति ठूलो जरिवानाको फैसला भएको हो। यसअघि चलचित्रकर्मीमाथि यत्ति ठूलो रकम जरिवाना भएको थिएन्।

समयमै जरिवाना तिरे फौजदारी अभियोग खेप्नु नपर्ने आदेश भएको चिनियाँ समाचार संस्था हिन्हुआलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

करछली मुद्दामा तानिएकी अभिनेत्रीको पारिश्रमिकको विषयमा त्यहाँको सरकारी समितिले छानबिन गरेको थियो। चिनियाँ कलाकारले वास्तविक सम्झौता एउटा गर्ने र देखिने गरी अर्कै सम्झौता गर्ने गरेको खुलासा भएपछि सरकारी पक्षबाटै अनुसन्धानका लागि समिति गठन भएको थियो।

‘एक्स–मेन’, ‘आइरन म्यान’ जस्ता चलचित्रबाट चर्चित बनेकी नायिका फान एक महिनाअघिदेखि बेपत्ता जस्तै रहेको समाचारमा उल्लेख गरिएको छ। उनी कहाँ छिन् भन्ने विषयको वास्तविकता सार्वजनिक हुन सकेको छैन।

यद्यपी अदालतले करछली मुद्दामा करोडौ डलर जरिवाना गरेपछि उनले चिनियाँ सामाजिक सञ्जाल बेइबोमा क्षमायाचना गरेकी छन्। ‘म पीडाबाट गुज्रिरहेकी छु’, उनले लेखेकी छिन्, ‘मैले जे गरे त्यसका लागि लज्जित छु। सबैसँग क्षमायाचना गर्छु।’

उनले करछली मुद्दामा अदालतले गरेको फैसला र दण्ड जरिवानालाई स्वीकार गर्दै कानुनको पालना गर्ने बताएकी छन्। उनले सामाजिक सञ्जालबाटै आफूले अब कर र जरिवाना तिर्ने प्रतिवद्धता जनाएकी हुन्।

चीनमा भ्रष्टाचार मुद्दामा मुछिएकी अभिनेत्री फान प्रतिभाशाली कलाकारमा पर्छिन्। गतवर्षमात्र फोब्र्स म्यागजिनले उनको वार्षिक आम्दानी ३० करोड युयान रहेको सूची सार्वजनिक गरेको थियो। सर्वाधिक कमाउने चिनियाँ कलाकारको शीर्ष सूचीमा उनको नाम सुरक्षित छ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...