Sunday 1st March 2026

कवितः धन


मिलेको थियो जीवन,कसैको काम आउनको लागि ,
तर समय बितिरहेको छ , कागजको टुक्रा कमाउनको लागि !!!
के गर्नु हुन्छ , यति धेरै पैसा कमाएर,
न कात्रो ओडाउने कपडामा झोला हुन्छ ,
न त मुर्दा गाड्ने ठाउँमा दराज !!

मृत्यु दिने यमदुतहरु पनि घुस पनि लिदैनन् ,
ईश्वरको प्रेमलाई जोगाएर राख्न कसले सक्छ र
सबै मानिस सज्जन भयो भने खराब काम(गुनाह ) कस्ले गर्छ र!!

हे मेरो ईश्वर मेरो सबै साथीलाई सु-स्वास्थ र दिर्धायु राख्नु,
नत्र मेरो खुसियाली र सु स्वास्थको कामना कसले गर्छ.!!
अनि राख्नु मेरो शत्रु लाई पनि खुशी र स्वास्थ राख्नु ,
नत्र तपाईं नीर आउने कामना कसले गर्छ र!!

भगवान ले मलाई भन्यो तिमीले एति साह्रो साथी किन बनाउछौ ..
एकदिन तिमीले अवश्य धोखा (पछुतो ) खान्छौ ,

नाम त मेरो सानो छ, तर मेरो हेर्ने नजर ठूलो छ
पैसाले त्यति धनी त छैन म , तर सबै साथीको दुःखमा साथ दिने हैसियत छ !!

मलाई न कुनै देशको राजा बन्नु छ न
कुनै रानी को बादशाह ,
म जोकर नै सहि छु ताकी जो सङ्ग पनि घुलमिल भएर बाजि मार्न सकौ …!!!

जयनारायण थारू
हाल-कुवेत


सम्बन्धित शीर्षकहरु

गत वर्षको जूनमा इजरायलको नेतृत्वमा इरानविरुद्ध भएको १२ दिने युद्ध मध्यपूर्वीय सुरक्षा र शक्ति सन्तुलनको इतिहासमा एउटा महत्वपूर्ण मोड थियो।…

पासपोर्टहरू कस्का थिए ? काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली जाँदै गरेको अवस्थामा ४८ थान राहदानी (पासपोर्ट) बोकेर पक्राउ परेकी…

नेपालको निर्वाचन–राजनीति फेरि एकपटक असहज प्रश्नहरूको घेरामा छ। चुनाव नजिकिँदै गर्दा बीबीसी ले जेन्जी आन्दोलनसम्बन्धी विस्तृत प्रतिवेदन सार्वजनिक गर्‍यो। त्यसले…

प्रतिकृयाहरू
...