Tuesday 16th September 2025

ग्यासट्रिक र यसबाट बच्ने सजिला उपायहरू


तितोपाटी – आमाशयको भित्रि भागमा रहेको सिगान जस्तो पत्रको संक्रमणलाई ( Inflammation ) ग्यास्ट्राइटिस भनिन्छ । यो पाचन तन्त्र सम्बन्धि रोगहरुमा सबैभन्दा बढि हुने समस्या हो । अझ ग्यास्ट्राइटिसलाई नेपालको राष्ट्रिय रोग भनेर भन्ने गरेको पनि पाईन्छ । जस्को मुख्य कारण भनेको नेपालमा गरिने अत्याधिक मध्यपान, बिहानै खाइने अस्वस्थकर चिया, भुटेको, तारेको र धेरै मसाला प्रयोग गरिएका खाना हुन् । ग्यास्ट्राइटिस सामान्य समस्या भए पनि यदि समयमा सावधान नहुँदा वा उपचार नगर्दा पेटमा अल्सर हुने, मासु पलाउने वा क्यान्सर सम्म हुन सक्ने हुँदा हेल्चेक्य्राई नगरि ग्यास्ट्राइटिसलाई ठिक गर्नु आवस्यक हुन्छ । सुरुवातमा नै सचेत हुँदा खानपानमा परिवर्तन र सामान्य उपचारले ठिक हुने हुन्छ भने पूरानो (Chronic) अवस्थामा पुगेपछि लामो उपचार र खानपानमा कडा अनुशासनमा रहनु पर्ने हुन्छ ।

सुन्दा सामान्य लाग्छ, तर ग्याष्ट्रिकले विस्तारै जटिलता निम्त्याउँछ । यसले पेट फुलेको जस्तो हुने, हावा भरिए जस्तो हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समयसम्म भोको बस्दा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहने जस्ता समस्या हुन्छ । यसले विभिन्न खालका साइड इफेक्ट पनि निम्त्याउने गर्छ । घतलाग्दो कुरा, यस्तो समस्या खानाबाटै निको पार्न सकिन्छ ।

एन्टिअक्सिडेन्टयुक्त खाद्यपदार्थ

एन्टिअक्सिडेन्टयुक्त खाद्यपदार्थको प्रयोगले ग्याष्ट्रिक निको हुन सक्छ । त्यस्ता खाद्यपदार्थ भनेका भिटामिन सी, ए, ˆल्याभोनोइड, क्यारोटेनोइड र फाइटोकेमिकलयुक्त खाद्यपार्थहरु हुन् । यस्तो खानाले सुन्निएको पेटको भित्री तहलाई कम गर्छ । ताजा फलफूल, सागसब्जी, प्याज, लसुन, अदुवा, बेसार, ब्रोकाउली, बन्दाकोबी, कालो चामल आदिमा एन्टिअक्सिडेन्टकोे मात्र प्रसस्त हुन्छ ।

प्रोबायोटिक बढी भएको खानेकुरा

प्रोबायोटिकले हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टेरियालाई नष्ट गर्ने काम गर्छ । यो व्याक्टेरिया ग्यास्ट्राइटिसको प्रमुख कारण हो । दही, मोही, प्रोबायोटिक सप्लीमेण्ट आदि पदार्थमा प्रोवायोटिकको मात्रा अत्याधिक हुन्छ ।

लसुन

लसुन हजारौ वर्षदेखि औषधिको रुपमा प्रयोग हुदै आएको छ । पाकेको वा काँचो दुबै प्रकारको लसुन मानिसको आगि औषधी हुन्छ । लसुनमा प्राकृतिक रुपमा एन्टीबायोटिक, एन्टीइन्ˆलामेटरीलगायतका तत्व हुन्छन् । यसले पनि हेलिकोब्याक्टर पाइलोरी ब्याक्टेरियालाई नष्ट गर्नमा विशेष भूमिका खेल्छ । र, लसुनले ग्यास्ट्राइटिसको कारण पेटमा हुने असरलाई पनि धेरै हदसम्म कम गर्छ ।

फाइबरयुक्त खाना

बढी फाइबरयुक्त खानाले ग्यास्ट्राइटिस र अरु पाचन प्रकृयासम्बन्धि समस्यालाई समाधान गर्ने विभिन्न अध्ययनले पुष्टि गरेको छ । हार्वड स्कुल अफ पब्लीक हेल्थको अनुसन्धानअनुसार बढी फाइबर भएका खानेकुराले अल्सर लाग्ने सम्भावनासमेत ६० प्रतिशतले कम गर्छ । अल्मोण्ड, आँटा , ब्राउन राइस, चिया सिड, आलस, पानीमा भिजाएको, टुसा उमारिएको गेडागुडी, फलफूल तथा सागसब्जीबाट बढी मात्रामा फाइबर प्राप्त गर्न सकिन्छ ।

स्वस्थकर प्रोटिन

घाँस खुवाइएको पशुको मासु, खुला पालिएको कुखुराको मासु, खोर वाहीरको अण्डा, गेडागुडीहरु, स्पाइरुलिना आदि स्वस्थकर प्रोटिनका उपयुक्त स्रोत हुन् । तर, मासुको प्रयोग गर्दा भने विशेष सावधानी अपनाउनुपर्छ । किनकी हर्मोन र एन्टीवायोटिक प्रयोग गरिएको मासुले ग्याष्ट्रिकको असरलाई झन बढाउने काम गर्छ ।

स्वस्थकर फ्याट

धेरै तताइएको तेलयुक्त खानेकुराहरु अस्वस्थकर फ्याटमा पर्छन् । जस्तोकी डिपफ्राई गरेका ससेज, आलु, चिप्स, समोसा, जुलेवी आदी । यस्ता फ्याटयुक्त पदार्थलाई सकेसम्म आफ्नो दैनिक डाइटबाट हटाउन पर्छ नत्र घटाउनुपर्छ । उमेगा ३ फ्याटी एसीड स्वस्थकर फ्याट हो । र, दिनहुँ यसको सेवनले ग्यास्ट्राइटिसको विभिन्न असरहरु कम गर्दछ । उमेगा ३ पाइने खाना भनेका माछामा पाइने तेल, अल्मोण्ड, काजु, एभोकाडो, आलस, चिया सिड आदी हुन् ।


सम्बन्धित शीर्षकहरु

जेन-जी आन्दोलनको दबाबपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मन्त्रिपरिषद् विस्तारको प्रक्रिया सुरु गरेको छ। प्रधानमन्त्री कार्कीले पहिलो चरणमा…

खाडी सहयोग परिषद् (#GCC) देशहरूले #फिलिपिन्स सरकारले आफ्नो घरेलु कामदारहरूको तैनाथीको सम्बन्धमा घोषणा गरेको नयाँ आवश्यकताहरूप्रति चिन्ता व्यक्त गरेका छन्,…

पछिल्लो दुई दिनदेखि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको भिडियो सन्देश पाकिस्तानको सामाजिक सञ्जालमा चर्चामा छ, जसमा उनले पाकिस्तान र ओसामा बिन…

प्रतिकृयाहरू
...