Saturday 20th December 2025

जापानमा फेरी शक्तिशाली अाँधी, रेल र हवाइसेवा समेत प्रभावित


तितोपाटी – जापानमा आइतबार आएको शक्तिशाली आँधी र पानीका कारण ५६ बढी घाइते भएका छन्। अाँधीसँगै अाएकाे लगातारकाे पानीले बाढी पहिराे समेत जान सक्ने माैसम अधिकारीहरुले बताएका छन्। अाँधीका कारण टाेकीयाेमा रेल र हवाइसेवा समेत प्रभावित हुँदा हजाराैं यात्रुहरु अलपत्र परेका छन्।

स्थानीय समय अनुसार बेलुका छ बजेतिर ओसाका क्षेत्रमा आँधी आएको थियो। शाक्तिशाली सो आँधी ओकीनावामा पनि आएको अधिकारीहरुको भनाइ छ। आँधीका कारण थुप्रै घर तथा भौतिक संरचनाहरुमा समेत क्षति पुगेको छ तर अहिलेसम्म कसैको मृत्युको खबर भने नआएको अधिकारीहरुले बताएका छन्।

जापानमा झण्डै तीन लाख घरमा विद्युत सेवा समेत अवरुद्ध भएको छ। आँधी आएका बेला घर बाहिर ननिस्कन अधिकारीहरुले सचेत गराएका छन् । मौसम विज्ञान अधिकारीहरुले यो आँधी अघिल्लो महिना आएको आँधी भन्दा ठूलो हुनसक्ने र २५ बर्ष यताकै शक्तिशाली हुने सम्भावना रहेको बताएका छन्। लगातार प्राकृतिक विपत्तिको सामना गरिरहेको जापानमा अहिले यो सिजनको २४औं आँधी हो। त्यसैगरी गत सेप्टेम्बरमा दक्षिणी टापु होक्काइडोमा आएको ६.६ म्याग्नीच्युडको भूकम्पका कारण ४० भन्दा बढीको मृत्यु भएको थियो।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...