Monday 13th April 2026

जापानमा फेरी शक्तिशाली अाँधी, रेल र हवाइसेवा समेत प्रभावित


तितोपाटी – जापानमा आइतबार आएको शक्तिशाली आँधी र पानीका कारण ५६ बढी घाइते भएका छन्। अाँधीसँगै अाएकाे लगातारकाे पानीले बाढी पहिराे समेत जान सक्ने माैसम अधिकारीहरुले बताएका छन्। अाँधीका कारण टाेकीयाेमा रेल र हवाइसेवा समेत प्रभावित हुँदा हजाराैं यात्रुहरु अलपत्र परेका छन्।

स्थानीय समय अनुसार बेलुका छ बजेतिर ओसाका क्षेत्रमा आँधी आएको थियो। शाक्तिशाली सो आँधी ओकीनावामा पनि आएको अधिकारीहरुको भनाइ छ। आँधीका कारण थुप्रै घर तथा भौतिक संरचनाहरुमा समेत क्षति पुगेको छ तर अहिलेसम्म कसैको मृत्युको खबर भने नआएको अधिकारीहरुले बताएका छन्।

जापानमा झण्डै तीन लाख घरमा विद्युत सेवा समेत अवरुद्ध भएको छ। आँधी आएका बेला घर बाहिर ननिस्कन अधिकारीहरुले सचेत गराएका छन् । मौसम विज्ञान अधिकारीहरुले यो आँधी अघिल्लो महिना आएको आँधी भन्दा ठूलो हुनसक्ने र २५ बर्ष यताकै शक्तिशाली हुने सम्भावना रहेको बताएका छन्। लगातार प्राकृतिक विपत्तिको सामना गरिरहेको जापानमा अहिले यो सिजनको २४औं आँधी हो। त्यसैगरी गत सेप्टेम्बरमा दक्षिणी टापु होक्काइडोमा आएको ६.६ म्याग्नीच्युडको भूकम्पका कारण ४० भन्दा बढीको मृत्यु भएको थियो।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...