Saturday 20th June 2026

निर्मला पन्त हत्या प्रकरण छानविन समितिका सदस्य चढेको गाडीमा अाक्रमण


तितोपाटी – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि छानबिन गर्न गठित उच्चस्तरीय समिमितका एक सदस्य सवार गाडीमा आक्रमण भएको छ । छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएपछि आइतवार धनगढी फिरेका प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसी सवार गाडीमा आक्रमण भएको हो ।

सुदूरपश्चिमको राजधानी गोदावरी तोकिएको विरोधमा आन्दोलनरत समूहबाट केसी सवार बा१झ९७०३ नम्बरको सरकारी गाडीमाथि धनगढी–अत्तरिया सडकखण्डमा आक्रमण भएको हो ।

केसी सवार गाडीमाथि सुरुमा अगाडिबाट ढुंगा हानिएको थियो । अगाडिबाट हानिएको ढुंगा छलेपछि उनी सवार गाडीमा पछाडिबाट हानिएको ढुंगाले लागेको छ ।

‘मोटरसाइकलमा सवार युवाहरुमध्ये एकजनाले पछाडिबाट ढुंगा हानेपछि गाडीको शिशा फुटेर मेरो टाउकोमा पनि लाग्यो’, केसीले भने, ‘टाउकोमा सामान्य चोट लागेको छ, टोपी लगाएकाले गहिरो चोट लाग्न पाएन ।’

केसी गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिमा करिब एक महिनासम्म रहेर धनगगढी फिरेका हुन् ।

उनले समितिको पहिलो १५ दिनको म्याद सकिएपछि निर्मलाले न्याय नपाउने भन्दै राजीनामा दिएका थिए । तर गृहमन्त्री थापासँगको छलफलपछि उनी काममा फर्किएका थिए ।

गोदावरी राजधानी तोकिएपछि धनगढीमा आन्दोलन चर्किएको छ । स्थानीयबासी सडकमा उत्रिएर सरकारी तथा निजी सबै किसिमका सवारीसाधन सञ्चालनमा अवरोध गरिरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...