Monday 17th June 2024

निर्मला पन्त हत्या प्रकरण छानविन समितिका सदस्य चढेको गाडीमा अाक्रमण


तितोपाटी – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि छानबिन गर्न गठित उच्चस्तरीय समिमितका एक सदस्य सवार गाडीमा आक्रमण भएको छ । छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएपछि आइतवार धनगढी फिरेका प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसी सवार गाडीमा आक्रमण भएको हो ।

सुदूरपश्चिमको राजधानी गोदावरी तोकिएको विरोधमा आन्दोलनरत समूहबाट केसी सवार बा१झ९७०३ नम्बरको सरकारी गाडीमाथि धनगढी–अत्तरिया सडकखण्डमा आक्रमण भएको हो ।

केसी सवार गाडीमाथि सुरुमा अगाडिबाट ढुंगा हानिएको थियो । अगाडिबाट हानिएको ढुंगा छलेपछि उनी सवार गाडीमा पछाडिबाट हानिएको ढुंगाले लागेको छ ।

‘मोटरसाइकलमा सवार युवाहरुमध्ये एकजनाले पछाडिबाट ढुंगा हानेपछि गाडीको शिशा फुटेर मेरो टाउकोमा पनि लाग्यो’, केसीले भने, ‘टाउकोमा सामान्य चोट लागेको छ, टोपी लगाएकाले गहिरो चोट लाग्न पाएन ।’

केसी गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिमा करिब एक महिनासम्म रहेर धनगगढी फिरेका हुन् ।

उनले समितिको पहिलो १५ दिनको म्याद सकिएपछि निर्मलाले न्याय नपाउने भन्दै राजीनामा दिएका थिए । तर गृहमन्त्री थापासँगको छलफलपछि उनी काममा फर्किएका थिए ।

गोदावरी राजधानी तोकिएपछि धनगढीमा आन्दोलन चर्किएको छ । स्थानीयबासी सडकमा उत्रिएर सरकारी तथा निजी सबै किसिमका सवारीसाधन सञ्चालनमा अवरोध गरिरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ। सोमबार वेस्ट…

इटाली र जर्मनीले युक्रेन युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शर्त अस्वीकार गरेका छन् । व्यापक छलफलपछि स्विट्जरल्याण्डमा युक्रेनले…

पुष्कर अथक रेग्मी - साहित्यकार वनमाली निराकारद्वारा लिखित एवं अर्चना शर्मा बिष्ट र आरति शर्मा आचार्यद्वारा प्रकाशित कविता संग्रह 'मान्छेका…

प्रतिकृयाहरू
...