Friday 19th December 2025

अमेरिकासँग व्यापार विवाद बढे पछि चीनले माैद्रिक नीतिमा हेरफेर गर्दै


तितोपाटी – अमेरिकासँग बढ्दै गएकाे व्यापार विवादका कारण आउनसक्ने तरलतालाई ध्यानमा राख्दैे चीनले ‘दूरदर्शी तथा सञ्तुलित’ मौद्रिक नीति लागु गर्ने यहाँको केन्द्रीय बैंकले जनाएको छ।

युआनको विदेशी विनिमय दर तथा बजार मूल्यमा सामान्यतया स्थिरता रहेको बताउँदै यसले विश्वको दोस्रो आर्थिक शक्ति चीनलाई बाह्य परिस्थितिबाट सिर्जना हुनसक्ने आर्थिक समस्यालाई सामना गर्न मजबुत अवस्था रहेको पिपुल्स बैंक अफ चाइनाले बताएको छ। केन्द्रीय बैंकको तेस्रो त्रैमासिक मौद्रिक नीतिबारे भएको छलफलपछि चीनको उक्त भनाई सार्वजनिक भएको राज्य सञ्चालित सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ।

चीनको कर्जा वृद्धिबारे व्यापक चेतावनी आइरहेका समय केन्द्रीय बैंकले चीनले कर्जा सङ्कलनमा तर्कसङ्गत वृद्धि रहेको र वित्तीय सुधारलाई निरन्तरता दिने बताएको हो।

चीनकाे अमेरिकासँग व्यापार विवादकाबीच अघि बढिरहेको छ। चीनले यसै हप्ताको शुरुदेखि लागु हुनेगरी अमेरिकाले चिनियाँ सामानमाथि गरेको दुई खर्ब अमेरिकी डलर बराबरको करवृद्धिले ल्याएको तरङ्गलाई चुनौती दिँदै अमेरिकाबाट चिनियाँ भूमिमा आयात हुने ६० अर्ब अमेरिकी डलर बराबरको सामानमा करवृद्धिको घोषणा गरेको छ।

चीनका प्रधानमन्त्री ली खछ्याङले गत हप्ता व्यापार विवादका कारण व्यापक समस्याको सामना गरिरहेको र यसका कारण आर्थिक वृद्धिमा केही शिथिलता देखिएको स्वीकार गरेका थिए। तर उनले समस्या निराकरण गर्ने चीनसँग क्षमता रहेको बताएका थिए।

विश्लेषकहरूले युआनको तीव्र अवमुल्यनले चीनको निर्यात सस्तो बनाएको बताएका छन्। तर चिनियाँ अधिकारीहरूले आफ्नो मुद्रा अवमुल्यनबारे लगाएको उक्त आरोपको खण्डन गरेका छन्।

अहिलेसम्म दुई खर्ब ५० करोड अमेरिकी डलर बराबरका चिनियाँ सामानको आयातमा करवृद्धि गरेका अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले अर्को दुई खर्ब ६७ करोड अमेरिकी डलरको चिनियाँ सामानमाथिको कर लगाउने चेतावनी दिएका छन्। यसबाट अमेरिका निर्यात हुने प्राय सबै चिनियाँ सामानमा प्रभाव पर्ने अमेरिकी अधिकारीहरूको दावी छ।

चीनले संरक्षणवादी अमेरिकी व्यापार नीतिविरुद्ध सङ्घर्ष गर्दै गत बर्ष एक खर्ब ३० करोड अमेरिकी सामान मात्र खरिद गरेको थियो। चीनले अहिलेसम्म अमेरिकी एक खर्ब १० करोड अमेरिकी डलर बराबरको सामानमा कर वृद्धिको गरेको छ।


सम्बन्धित शीर्षकहरु

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

प्रतिकृयाहरू
...