Sunday 12th April 2026

प्रशान्त महासागरमा विमान दुर्घटना, यात्रुको सकुशल उद्दार


तितोपाटी – प्रसान्त महासागरमा विमान दुर्घटना हुँदा ४७ जना सामान्य घाइते भएका छन्। बीबीसीका अनुसार विमानमा १२ जना चालक दलका सदस्य र ३५ यात्रु थिए। घटनालगत्तै उद्दारकर्ताले डुंगाबाट चालक दलका सदस्यसहित सबै यात्रुको सकुशल उद्दार गरेका छन्। सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

पपुवा न्यु गिनीबाट उडेको एयर न्यु गिनीको विमान माइक्रोनेसियास्थित चुक टापुको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। विमानस्थलका अधिकारीका अनुसार विमान अवतरणका क्रममा चिप्लिएर पानीमा गएको थियो। दुर्घटनाको कारण खुल्न सकेको छैन्।

चुक विमानस्थलका म्यानेजर जिम्मी इमिलोका अनुसार विमान धावनमार्गबाट चिप्लिएर करिब १५० मिटर परसम्म पुगेको थियो।सामुन्द्रिक किनारमा रहेको विमानस्थलका कारण विमान दुर्घटनामा परे पनि महासागरमा तत्कालै उद्दार टोली कृयाशिल हुँदा कुनै मानविय क्षति भने हुन पाएन


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...