Friday 19th December 2025

प्रशान्त महासागरमा विमान दुर्घटना, यात्रुको सकुशल उद्दार


तितोपाटी – प्रसान्त महासागरमा विमान दुर्घटना हुँदा ४७ जना सामान्य घाइते भएका छन्। बीबीसीका अनुसार विमानमा १२ जना चालक दलका सदस्य र ३५ यात्रु थिए। घटनालगत्तै उद्दारकर्ताले डुंगाबाट चालक दलका सदस्यसहित सबै यात्रुको सकुशल उद्दार गरेका छन्। सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

पपुवा न्यु गिनीबाट उडेको एयर न्यु गिनीको विमान माइक्रोनेसियास्थित चुक टापुको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। विमानस्थलका अधिकारीका अनुसार विमान अवतरणका क्रममा चिप्लिएर पानीमा गएको थियो। दुर्घटनाको कारण खुल्न सकेको छैन्।

चुक विमानस्थलका म्यानेजर जिम्मी इमिलोका अनुसार विमान धावनमार्गबाट चिप्लिएर करिब १५० मिटर परसम्म पुगेको थियो।सामुन्द्रिक किनारमा रहेको विमानस्थलका कारण विमान दुर्घटनामा परे पनि महासागरमा तत्कालै उद्दार टोली कृयाशिल हुँदा कुनै मानविय क्षति भने हुन पाएन


सम्बन्धित शीर्षकहरु

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

प्रतिकृयाहरू
...