Wednesday 29th July 2026

बुटवलमा एक १५ वर्षीय किशोर ३ दिन देखि वेपत्ता


तितोपाटी – बुटवलमा विद्यालयमा ट्युसन पढ्न गएका १५ वर्षका छात्र तीनदेखि वेपत्ता भएका छन् । तिलोत्तमा नगरपालिका-१ स्थित दुर्गादत्त शंकरनगर माविमा कक्षा १० का पढ्दै गरेका युनिस गिरी शनिबार बिहान ७ बजे ट्युसन पढ्न गएपछि वेपत्ता भएका हुन् ।

ट्युसन पढेर सकेपछि ९ बजेतिर युनिस विद्यालयबाट घरतर्फ गएका विद्यालयले जनाएको छ । सेतोमा नीलो धर्का भएको सर्ट, जिन्स पाइन्ट र चप्पल लगाएर युनिस ट्युसन पढ्न गएका थिए । युनिस सानैदेखि तिलोत्तमा १ चपरहट्टीस्थित मामाको घरमा बसेर पढ्दै आएका थिए ।

युनिसका बुबाको केही वर्षअघि मृत्यु भइसकेको छ । आमा हेमा गिरीले पोखरामा विवाह गरेर उतै बस्दै आएकी छन् । युनिस हराएपछि वडा प्रहरी कार्यालय बुटवलमा खोजी गरिदिन निवेदन दिएको तर तेस्रो दिनसम्म कुनै अत्तोपत्तो नलागेको युनिसकी सानीआमा गीता पौडेलले अनलाइनखबरलाई बताइन् ।

पढाइमा औसत रहेका युनिस सोझो र घरबाट कहिल्यै बाहिर नजाने, धेरै साथी भाई नबनाउने स्वभावको भएका मामा केशव क्षेत्रीले बताए ।

‘घरबाट स्कुल जाने र सिधै घर आउने गर्थे, कहिल्यै कतै घुमेेको, साथीभाइकोमा गएको, नराम्रो बानी भएको थाहा थिएन’ क्षेत्रीले भने, ‘एक्कासी हराएको सुन्दा अचम्म लागेको छ ।’ प्रहरीमा निवेदन दिए पनि प्रहरीले खोजी कार्यमा त्यति वास्ता नगरेको आफूहरुलाई लागेको क्षेत्रीले गुनासो गरे ।

‘ठूला ठालूका छोराछोरी हराएको भए सिंगो फोर्स लगाएर खोज्थे होला, सर्वसाधारणका छोराछोरी हराउँदा वास्तै गर्दैनन्’-क्षेत्रीले भने-‘जो भए पनि बराबर चासो र चिन्ता राखेर प्रहरीले खोजी गरिदिनुपर्छ ।’

विद्यालयका शिक्षक चण्डी पाण्डेले युनिस पढाइमा औसत भए पनि अनुशासित र सोझो विद्यार्थी भएको बताए । वडा प्रहरी कार्यालय बुटवलका प्रमुख अमर थापा क्षेत्रीले भने इलाका प्रहरी र जिल्ला प्रहरी कार्यालयसम्म जानकारी गराइसकेको बताए । उनले खोजी भइरहेकोले नआत्तिन परिवारजनामा आग्रह गरे ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...