Friday 19th December 2025

तान्जानियामा डु्ंगा दुर्घटना, २०९ जना भन्दा बढीको मृत्यु


तितोपाटी – तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुंगा दुर्घटनामा हुँदा २०९ जना भन्दा बढीको मृत्यु भएको छ ।

१०० जना यात्रु बोक्ने क्षमता रहेको उक्त डुंगामा चार सय जना भन्दा बढी यात्रु रहेको बताइएको छ। हालसम्म करिब ५० जनालार्इ जीवितै उद्दार गरिएको छ। उद्दारकर्ताहरुले खोजी कार्य जारी राखेकाले मृतकको संख्या बृद्धि हुनुसक्ने जनाइएको छ।

बुगोरोराबाट युकेरेवे टापुको किनारमा आउँदै गर्दा एमभी न्यरी’ नाम दिइएको उक्त डुंगामा क्षमताभन्दा बढी यात्रु रहेकाले तिनीहरु एकै दिशामा ढल्किँदा दुर्घटना भएको जनाइएको छ।

उक्त डुंगाका चालकलार्इ पक्राउ गरी प्रहरीले घटना बारे विस्तृत अनुसन्धान गरिरहेको जनाइएको छ। तान्जानियाका राष्ट्रपति जोन मागुफुलीले घटनामा दोषी रहेका सबैलार्इ पक्राउ गर्ने निर्देशन दिएका छन्।

घटना लगत्तै मागुफुलीले सबैलार्इ संयमित रहन आग्रह गरेका थिए। यता, विपक्षी दलका नेता जोन निइकाले भने तान्जानियमा धेरै यात्रु राखेर यात्रा गर्दा धेरै पटक डुंगा दुर्घटना भएता पनि सरकारले त्यसप्रति ध्यान नदिएको भन्दै सरकारको चरम लापरवाहीले दुर्घटना भएको आरोप लगाएका थिए।


सम्बन्धित शीर्षकहरु

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

प्रतिकृयाहरू
...