Saturday 28th March 2026

भारतमा कोब्राले डस्दा पनि केहि नहुने २ जना मानिस भेटिए, वैज्ञानिक समेत चकित


तितोपाटी – सर्पको नाम सुन्दा मात्र पनि धेरैलाई डर लाग्छ तर भारतको चन्डीगढका पोस्ट ग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्चका वैज्ञानिकले यस्ता दुई व्यक्ति भेटेका छन् जो नशाका लागि विषालु कोब्रालाई जिब्रोको टुप्पामा टोकाउँछन् ।

उक्त इन्स्टिच्युटले अब यी दुईमाथि अनुसन्धान गरिरहेको छ ।

हैदराबादका डि–अडिक्सन सेन्टरका वैज्ञानिक हैरान छन् । दुबैको केस हिस्ट्रि इंन्डियन जर्नल अफ साइकोलोजिकल मेडिसिनमा छापिइसकेको छ । डा. असिम मेहरा, देवाशीष बासु र सन्दिप ग्रोवरले ‘स्नेक वेनम युज एज सब्सिटिट्युट फर ओपिओइड्सः अ केस रिपार्ट एण्ड रिभ्यु अफ लिटरेचर’ नाम दिएर पूरा गरेका छन् ।

सुरुमा झट्का, त्यसपछि सबै ‘अच्छा’:

डा. ग्रोवरका अनुसार यी दुई व्यक्ति राजस्थानका हुन् र दुबै सम्पन्न परिवारका हुन् । स्रोतका अनुसार तीमध्ये एक ३३ वर्षे विगत १५ वर्षदेखि ओपिओइड (नशालु पदार्थ) मा निर्भर थिए ।

यी दुईमाथि गरिएको केस रिपोर्ट अनुुसार उनले १८ वर्षको उमेरमा चुरोट र रक्सीको सेवन गर्न सुरु गरे । २४ वर्ष हुँदासम्म उनलाई रक्सी र चुरोटको लत लागिसकेको थियो । २५ वर्षदेखि उनले ओपिओइडको सेवन गर्न सुरु गरे । एक वर्षसम्म उनी ओपिओइडमा नै निर्भर भए । केही वर्ष यता उनले नशाका लागि विभिन्न लागुऔषधको सेवन गरिरहेका छन् । तर एक दुई महिनापछि नै प्रत्येकको असर कम हुँदै गएको उनले पाए ।

केस स्टडीमा भनिएको छ –संस्थानमा आउनु केही महिनाअघि उनले सर्पको विषबाट नशा लाग्नेबारे साथीमार्फत थाहा पाए । उनका साथीले पनि ओपिओइडको सेवन गर्थे । ओपिओइड र रक्सीभन्दा सस्तो पर्ने भएकाले ती व्यक्तिले पनि कोब्रालाई टोकाए । सर्प संकलन गर्दै हिँड्ने व्यक्तिसँग सम्पर्क गरेर उनले कोब्रालाई टोकाए ।

ती दुईको भनाई उद्धृत गर्दै केस रिपोर्टमा भनिएको छ, ‘कोब्राले टोकेपछि सुरुमा त झट्का लाग्थ्यो, सबै धमिलो हुन्थ्यो र करिब एक घण्टाका लागि केही थाहा हुँदैन । तर त्यसपछि निकै उत्कृष्ट महसुस हुन्थ्यो । यो रक्सी वा अन्य नशाभन्दा पनि धेरै प्रभावकारी हुन्छ ।’

शोधका अनुसार विष प्रयोग गर्नेहरुलाई ‘तीन–चार हप्तासम्म खुसी, महानता र अत्यधिक निन्द्राको महसुस हुन्छ । त्यति समयका लागि अन्य कुनै नशाको पनि आवश्यकता हुँदैन । ’

संस्थानका डा. विकास सुरीका अनुसार यस्ता घटना निकै कम सार्वजनिक हुने भएकाले यस्ता व्यक्तिहरु कोब्रोका विष कसरी झेल्नसक्छन् त्यो थाहा पाउन मुश्किल छ । डा. ग्रोवरका अनुसार भारतमा सर्पको विषबाट नशा प्राप्त गर्ने चार रिपार्ट छापिएका छन् । यसका कारणबारे पत्ता लगाउनका लागि थप मुद्दामा शोध गर्नुपर्ने हुन्छ ।
एजेन्सी


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...