Thursday 9th April 2026

कस्तो रह्यो गायिका पुजाको यसपालिको तीज दुबईमा


तितोपाटी- पछिल्लो महिनाहरु नेपालभरी विभिन्न ठाउँमा आयोजना भएका तीज विशेष कार्यक्रमहरुमा अत्यन्त व्यस्त रहेकी चर्चित गायिका पूजा सुनुवार अन्तमा  तीजको समापन गर्न भने युएई पुगेकि छिन् र त्यहाँ सबैलाई नचाएकी छिन् ।

हिन्दु नारीहरुले मनाउने महान चाड तीजको अवसर पारेर युएईमा रहेका नेपालीहरुले तीज फेस्टिभल म्युजिक धमाका -२०१८ नामक भव्य साँस्कृतिक कार्यक्रम आयोजना गरेका कारण पूजा त्यहाँ कलाकारहरुको एक टोलिका साथ पुगेकी हुन् ।

नेपाली साथी समूह नामक संस्थाको आयोजना तथा कोईच अनलाइन खबर डटकमको प्रस्तुती रहेको उक्त तीज विशेष कार्यक्रममा नेपालबाट गायिका पूजा सुनुवार संगै लोकदोहोरी गायिका आयुशा सुनुवार मोडल तथा नायिका प्रशंसा सुनुवार तथा अर्का उदियमान गायिका निर्जला सुनुवार त्यसतर्फ गएका थिए ।

नेपाल बाट गएका कलाकारहरु संगै कार्यक्रममा थुप्रै स्थानीय कलाकारहरुले समेत आफ्नो कला पस्किएका थिए । कार्यक्रमका विशेष सहयोगी काशी सुनुवार तथा संयोजक मोहन सुनुवारका अनुसार कार्यक्रम सोचेभन्दा धेरै राम्रो भएको थियो भने दर्शक स्रोताहरुको सहभागिता पनि उत्साहजनक रहेको थियो ।

आफ्नो कला,संस्कृति र परम्परालाई सम्मान गर्ने प्रवासमा बस्ने नेपालीहरुको पहलमा तीजको दोस्रो दिन यहि १४ सेप्टेम्बरमा आयोजित उक्त तीज धमाका कार्यक्रम सम्पन्न गरेर नेपालबाट गएका कलाकारहरुको टोलि अहिले स्वदेश फर्किने क्रममा रहेको बुझिएको छ ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...