Sunday 12th April 2026

इन्डोनेसियामा पानीजहाज दुर्घटना, १० को मृत्यु, १२६ को सकुशल उद्दार


तितोपाटी – इन्डोनेसियाको मध्यभागमा पर्ने सुलावेसी प्रान्तमा भएको पानीजहाज दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा १ सय २६ यात्रुको भने सकुशल उद्धार गरिएको सरकारी अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

‘केएम फुङका पेर्माटा’ नामक पानीजहाज दक्षिणी पूर्वी सुलवेसीको बाउबाउबाट बनगाईतर्फ गइरहेको बेला मध्यइन्डोनेसियाको सागुमा दुर्घटना भएको हो । यातायात मन्त्रालयका प्रवक्ता बामबाङ इर्भानले पानीजहाजमा आगलागी भएपछि जहाज पल्टिएको जानकारी दिए ।

उद्धारकर्ताले दुर्घटना भएको जहाजलाई शनिबार बिहान बनगाई बन्दगाहमा अवतरण गराएको पनि उनले बताए । इन्डोनेसियामा बेलाबेलामा भइरहने यस्ता पानीजहाज दुर्घटनामा परी बर्सेनि सयौंको मृत्यु हुने गरेको छ ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...