Saturday 7th March 2026

नमुना बिश्वकर्मा समाज कुवेतको बिश्वकर्मा पुजा सम्पन्न


बसन्त थापा- गत सुक्रवार १४ सेप्टेम्वर २०१८ का दिन कुवेत स्थित जिलिबको पोपिन्स  हलमा नमुना बिश्वकर्मा समाज कुवेतले भब्यताका साथ बिश्वकर्मा पुजा कार्यक्रम सम्पन्न गरेको छ ।

कुवेतको जिलिब स्थित पोपिन्स हलमा सम्पन्न कार्यक्रमको सुभारम्भ बिश्वकर्मा भागवानको पुजा बाट भएको थियो । बिधिवत रुपमा गरिएको पुजा समापन पछी औपचारिक कार्यक्रम कार्यवाहक अध्यक्ष  भिम बहादुर गदलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी नेपाल कुवेत  पत्रकार महासंघका अध्यक्ष – हरी कृष्ण न्यौपाने रहेका थिए, भने कुवेतमा गठित बिभिन्न बैचारिक तथा सामाजिक सस्थाका प्रतिनिधि हरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

नमुना बिश्वकर्मा समाज कुवेतको बिश्वकर्मा पुजा कार्यक्रममा शुभकामना मन्तव्यकै क्रममा पत्रकार महासंघका- अध्यक्ष हरीकृष्ण न्यौपानेले कार्यक्रम सफलता को कामना गर्दै नेपाली समाजमा जरा गाडेर रहेको जातिय प्रथा जरै देखी हटाउनु पर्छ समाजलाई समानता मुलक समाज बनाउन को निम्ती हामी साथ दिनेछौ बताएका थिए भने उपस्थित मस्त बि.क , मोना म्याग्दीका काेषाध्यक्ष – कृष्ण प्रसाद खड्काले लगायत अन्य अथितीहरुले सोही कुरालाई  समर्थन गर्दै  शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले बिश्वकर्मा भागवान लाई पुजा गर्दै आशिर्वाद लिएका थिए।

समाजका महासचिव चन्द्र बिश्वकर्माले सन्चालन गरेका  कार्यक्रममा, स्वागत मन्तव्य भने प्रेम बहादुर बिश्वकर्माले गरेका थिए। उक्त कार्यक्रममा संस्थाले तुल बहादुर पुन र ललिता थापा लाई सम्मान गरेको थियो, भने अध्यक्ष गदलले कार्यक्रममा उपस्थित सम्पुर्ण लाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...