Monday 16th March 2026

कुवेतमा संस्कृतिक मञ्च द्वारा तिज विशेष कार्यक्रम सम्पन्न


बसन्त थापा – नेपाल कुवेत संस्कृतिक मन्च द्धारा आयोजना १७ औ प्रस्तुति  हरितालिका तिज बिशेष संस्कृतिक कार्यक्रम २०७५, कुवेत स्थित फर्वनियाको अडोटोरीयन स्कुलमा हिजो १४ सेप्टेम्बर शुक्रबारको दिन भव्य रुपमा सम्पन्न भएको छ ।

नेपाली महिलाहरूको महानपर्व हरितालिका तिजको अवसर पारेर गत शुक्रबार अर्थात सेप्टेम्बर १४ तारिख को दिन रहेको  कार्यक्रम सयौं दर्शकको उपस्थितिमा सम्पन्न भएको हो  ।

गोबिन्द बरालको अध्यक्षतामा रहेको उक्त कार्यक्रम संचालकमा टीकाराम आचार्य रहेका थिए भने स्वागत मन्तब्यमा डोलराज न्यौपानेले गरेका थिए ।

चेलीबेटीहरुलाई सम्मान स्वरूप दर खुवाई एक आपसमा सद्भावना बढाउन र मनोरंजन दिलाउनको लागी आयोजना गरिएको सो कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास कुवेत बाट उपस्थित राजदुत यज्ञ बहादुर हमालकी धर्म पत्नी रिता हमाल, श्रम सहचारी- ज्ञानेन्द्र शर्मा , अथितीमा, पत्रकार महासंघ कुवेतका  अध्यक्ष – हरी कृष्ण न्यौपाने लगायतले पानसमा बत्ती बालेर तिज औपचारिक कार्यक्रमको उद्घाटन गरेका थिए l

अहिले नेपाली चाड पर्वहरूको रौनकता देशमा भन्दा परदेशमा बसोबास गर्ने नेपाली समुदायमा प्रचुरमात्रमा प्रचार प्रसारका साथ मनाउने कार्य भइरहेको छ । अहिले तीजको कार्यक्रम विभिन्न नेपालीहरूको संस्थाद्वारा आयोजित हुनुको साथ साथै व्यक्तिगत रूपमा आ-आफ्ना नजिकका सँगी साथी बोलाई नाच गान गरी मनाउने चलन बढ्दै गइरहेको छ ।

विभिन्न भाकाका गीत तथा तिजका गीतमा रमेका महिलाहरूको झम झम हेर्दा नेपालमै रहेको जस्तो भान हुन्थ्यो  । निकै व्यवस्थित हल, तिजौलो सृंगारमा रमेको उक्त कार्यक्रम बेलुका ६ बजे सम्म चलेको थियो । कार्यक्रममा महिला दिदी बहिनी तथा उपस्थित सबैका लागि नेपाल कुवेत संस्कृतिक मन्चले हिन्दु संस्कृति झैँ माइती आएकी चेलीलाई कार्यक्रम प्रवेश तथा  दर खाने व्यवस्था निसुल्क गरेको थियो ।

शुभकामना मन्तव्यकै क्रममा कार्यक्रममा प्रमुख अतिथि रहेकी रिता हमालले तीजको महत्त्व बारे प्रकाश पार्दै कुवेतमा १७ औ  प्रस्तुती तीज महोत्सव आयोजना गरेर नेपाल कुवेत संस्कृतिक मञ्चले उल्लेखनीय काम गरेकोमा मुक्त कण्ठले प्रशंसा गरेकी थिईन  । हमालले तीज एउटा पर्व मात्र नभएर संस्कृति पनि भएकोले यसको जगेर्नामा ध्यान दिनुपर्ने बताएकी छन, भने पत्रकार महासंघका अध्यक्ष हरी कृष्ण न्यौपाने, एन आर एन ए कुवेत की उपाध्याय सुमित्रा पौडेल, सुजन के सी . लगायतले  महिलाहरूको महान पर्व  हरितालिका तिज बिशेष २०७५ को सम्पुर्ण नेपाली दिदी बहिनी हरुलाई  शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा करिब ५०० नारी तथा २०० पुरुषहरूको उपस्थिति रहेको जानकारी गराउँदै, यस उपस्थितिले आयोजकलाई सन्तुष्टि मिलेको कार्यक्रम, संस्थाका उपाध्यक्ष डोलराज न्यौपानेले तितोपाटी लाई  जानकारी दिएका छन ।

कार्यक्रम सुरु भए लगत्तै तीजका गीतहरू र नाचहरूका वर्षा । दुई वा दुई भन्दा बढीको सामूहिक गीत र नाच होस वा पुरै हल जुरुक्क उठेर नाच्दा नेपालको तीज र वातावरण झलझल याद आउँथ्यो । नेपाली लोक संस्कृति कुवेतमा पनि छाएको महसुस हुन्थ्यो ।

औपचारिक कार्यक्रमको समाप्त पछि महिला बेलुका सम्म सामुहिक नाचगान गर्दै रमाइलो गरेका थिए  l

अध्यक्ष बरालले निमन्त्रणा लाई स्वीकार गर्दै पाल्नु भई कार्यक्रमको शोभा बढाई दिनु हुने सम्पुर्ण चेलीबेटि हरुलाई धन्यवाद व्यक्त गर्दै उक्त कार्यक्रममा दिदिबहिनी- चेलीबेटीहरुलाई दर खुवाउन सहयोग पुर्याउनु हुने सम्पुर्ण  उपस्थित दाजुभाइ हरुमा पनि शुभकामना प्रदान गरि  हृदय देखि नै आभार प्रकट गर्दै कार्यक्रमको समापन गरिएको थियो


सम्बन्धित शीर्षकहरु

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

प्रतिकृयाहरू
...