Tuesday 17th March 2026

बंगलादेशमा भ्रष्टाचार अारोपमा जेल परेकी पुर्वप्रधानमन्त्री वेगम खालिदा जियाको रिहार्इको माग गर्दै प्रदर्शन


तितोपाटी – बंगलादेशका विपक्षी नेतृ तथा पूर्वप्रधानमन्त्री खालिदा जियालाई तत्काल रिहा गर्न माग गर्दै हजारौँले सोमबार प्रदर्शन गरेका छन्। भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेकी जियाको रिहाइको माग गर्दै देशभर प्रदर्शन भएको छ।बंगलादेशमा तीनपटकसम्म प्रधानमन्त्री भएकी ७३ वर्षीया जिया यसै वर्षको शुरुदेखि कारावासमा छन्।

जिया काराबासमा विरामी अवस्थामा भएको उनको दल तथा पारिवारिक स्रोतको दावी छ। प्रहरी अधिकारीका अनुसार राजधानी ढाकाको मुख्य भागमा रहेको नेशनल प्रेस क्लबको अगाडि प्रमुख विपक्षी दल बङलादेश नेशनलिस्ट पार्टी समर्थक झण्डै चार हजारजना सोमबारको प्रदर्शनमा सहभागी भएका थिए। विपक्षी दलका प्रवक्ता फक्रुल स्लाम अलामगीरले भने ढाकामा भएको प्रदर्शनमा मात्रै झण्डै २० हजार जना सहभागी भएको दावी गरे।

प्रदर्शनमा सहभागीहरूले जियालाई अवैध तरिकाले जेल हालिएकाले तत्काल रिहा गर्न माग गर्दै नारा लगाएका थिए। देशभरका प्रायः सबै शहरमा हजारौंले यस्तै प्रदर्शन गरेको समाचारमा जनाइएको छ। ‘उहाँलाई गलत तरिकाले जेल हालिएको छ। उहाँलाई तत्काल रिहा गरियोस् र राम्रो अस्पतालमा उपचार गरियोस्’, विपक्षी दलका महासचिव अलामगीरले भने। पूर्वप्रधानमन्त्री जियालाई गत साता ह्विल चियरमा राखेर अदालत लगिएको थियो। त्यहाँ उनले आफू एकदमै विरामी भएको र आफ्ना हात खुट्टाले काम गर्न नसकेको बताएकी थिइन्।

‘मैले न्याय पाउँदिनँ भन्ने मलाई थाहा छ। तिमीहरूले आफूलाई मनलाग्दो शासन गर्न सक्छौं। मेरो हातखुट्टामा पक्षघात भएको छ’, बङलादेश नेशनलिस्ट पार्टीकी प्रमुख जियाले भनिन्, ‘तिमीहरूले जस्तो चाहन्छौ, त्यस्तैगरी मलाई कारबाही गर्न सक्छौ।’ उनले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको  बताउँदै आएकी छन्। बच्चाहरूका लागि विश्वभरबाट संकलन गरिएको १ करोड ६१ लाख डलर दुरुपयोगको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो। अदालतले जियाका चार सहयोगीलाई पनि १० वर्षको जेल सजाय सुनाएको थियो। -रासस÷एएफपी


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...