Tuesday 17th March 2026

तीर्थयात्रु बोकेको बस पल्टिंदा भारतमा ५३ जनाको मृत्यु


तितोपाटी – तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा भारतको दक्षिणी राज्य तेलंगनामा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला छन् । जगतियाल जिल्लामा मंगलबार भएको दुर्घटनामा परी दर्जनौं घाइते भएका प्रहरीले जनाएको छ । घाइतेलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ ।

अधिकारीहरूले बसमा क्षमताभन्दा बढी मानिसले यात्रा गरिरहेकाले दुर्घटना भएको जनाएका छन् । राज्य सञ्चालित ६० जना क्षमताको बसमा ८६ ले यात्रा गरिरहेका थिए । ग्रामीण क्षेत्रको साँघुरो सडकमा चालकले नियन्त्रण गुमाएपछि यात्रुले खचाखच भरिएको उक्त बस गहिरो खोँचमा खसेको थियो । बसमा कोन्डागाटु अन्जनेया स्वामी मन्दिरमा दर्शन गरेका तीर्थयात्रु फर्कंदै थिए ।

तेलंगनाको मुख्यमन्त्री के चन्द्रशेखर रावले दुर्घटनामा मृत्यु हुनेका परिवारलाई ५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । भारतमा खराब सडक तथा मर्मत नगरिएका सवारीसाधानका कारण हुने सडक दुर्घटनामा बर्सेनि लाखौं करिब १ लाख ५० हजारले ज्यान गुमाउने गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...