Thursday 20th November 2025

गजल


गजल
सम्झेर बसें माइतीको घर,दरखाने दिनैमा ।
सकिन जान अलि छु पर,दरखाने दिनैमा ।।

रसाए अाँखा दुखेर मन,आमालाई सम्झेर
बाध्य छु हाँस्न लागेर कर,दरखाने दिनैमा ।।

खाकैछु घरमा मिठो मसिनो,तैपनि यो मन
मिस गर्छ धेरै माइतीकै दर,दरखाने दिनैमा ।।

रोको छ मन आमाको पनि,चेलीको मायाले
आउछन् कि भनि गरेर भर, दरखाने दिनैमा ।।

बस्नेछु ब्रत भोलीको दिनमा ,निराहार बनेर
पुजेर शिव जि माग्नेछु वर, दरखाने दिनैमा ।।
( वर=वरदान )

कमला न्याैपाने, झापा

हाल – भक्तपुर


सम्बन्धित शीर्षकहरु

आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंँ गोर्खाज भिड्दैछन् । र्कीतिपुरस्थित अन्तरराष्ट्रिय…

जुलाईमा दक्षिणी प्रान्त स्वेदामा भएको साम्प्रदायिक हिंसाको अनुसन्धानको क्रममा सिरियाको सुरक्षा र सैन्य सेवाका सदस्यहरूलाई हिरासतमा राखिएको छ, जसमा सयौं…

बहिष्कृत प्रधानमन्त्री शेख हसिना र उनको पूर्व सत्तारूढ दल अवामी लिगले विद्यार्थी आन्दोलनमाथि भएको दमनको मुद्दाविरुद्ध राष्ट्रव्यापी ‘लकडाउन’ आह्वान गरेपछि…

प्रतिकृयाहरू
...