Thursday 9th April 2026

उमा श्रेष्ठको तिज गित भाइरललाई सर्वोत्कृष्ट अवार्ड,डिबि परे टप पाँचमा


बसन्त थापा – राजधानी काठमाडौंमा आइतबार पाँचौं छायाँछवि क्रियशनको आयोजनामा दोहोरी तीज म्युजिक अवार्ड २०७५ कार्यक्रम सम्पन्न भएको छ।

छायाँछवि क्रियशनको आयोजनामा सम्पन्न भएको उक्त अवार्ड कार्यक्रममा ( भाइरल ) बोलको तिज गित तथा पछिल्लो समयकी चर्चित लोक तथा दोहोरि गायिका उमा श्रेष्ठ सर्वोत्कृष्ट तीज दोहोरी २०७५ अवार्ड हात पार्न सफल भएकी छन भने नव गायक डी बि. लोप्चन टप पाँचमा मनोनीत भएका छन।

नेपाली लोक तथा परम्परा मौलिक संगीत क्षेत्रमा गायिका श्रेष्ठको योगदानको कदर गर्दै सर्वोत्कृष्ट तिज गित (भाइरल )बाट गायिका उमा श्रेष्ठ र गायक डी बि. लोप्चन अवार्ड सहित सम्मानित भएका हुन।

सर्वोत्कृष्ट तिज गित भाइरल समय सान्दर्भिक रहेकाले उक्त अवार्ड आफुले प्राप्त गरेको गायिका श्रेष्ठले तितोपाटी लाई  जानकारी दिएकी छन।

लामो समय देखी गित संगीत क्षेत्रमा आवद्ध रहेकी श्रेष्ठका विभिन्न मौलिकता बोकेका गितहरु बजारमा रहेका छन भने गायक लोप्चनका पनि समय सान्दर्भिक गितहरु बजारमा आएका छन।

उमा र डि बि. को (भाईरल) बोलको तिज गितले सिङ्गो नेपाली समाजमा दर्शक श्रोताको मन जित्न सफल भएको लोप्चनले बताएका छन।

लामो समय सम्म कुवेतमा श्रम गर्दै गरेका लोप्चन केहि महिना पहिला मात्र अथिती कलाकार हरुका साथमा सम्पन्न एक संस्कृतिक कार्यक्रम सके  लगत्तै कुवेतलाई बिट मारी नेपाल फर्किएका थिए भने सुमधुर स्वोरका धनी लोप्चनले लामो समय देखिनै कुवेत बाटै गित संगीतको यात्रा सुरु गरेका हुन साथै नेपालमा रहेर पनि उनी देश बिदेशमा हुने कार्यक्रममा ब्यस्त रहदै आएका छन।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...