Monday 6th May 2024

६ महिनाको गर्भ भएपछि बलात्कृत भएको अारोप, अारोपी फुपाजु सहित ११ जना


तितोपाटी – ईलाम जिल्लाको देउमाई नगरपालिकामा कक्षा छ मा पढ्ने १३ वर्षीया बालिका बलात्कार भएको घटना सार्बजानिक भएको छ । बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा प्रहरीले देउमाई नगरपालिका वडा नं ९ का नौजनालाई पक्राउ गरेको छ ।

बालिकाको स्वास्थ्य परिक्षण गर्दा गर्भमा २४ हप्ताको गर्भ रहेको पुष्टि भएको छ । केही दिन अघि उनका हजुरबाले दिएको उजुरीका आधारमा आरोपीहरू पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले बताए । अनुसन्धान पुरा नभएकाले पक्राउ परेकाहरुको भने नाम नखुलाईएको प्रवक्ता भट्टराईले बताए ।

एकै ठाउँका ११ जनाविरुद्ध बलात्कारको उजुरी परेपनि अहिलेसम्म ९ जनालाईमात्र पक्राउ गरिएको र बाँकी दुईजना फरार रहेको प्रहीले बताएको छ ।

पीडित पक्षले दिएको जाहेरी अनुसार सबैले फरक–फरक समयमा बलात्कार गरेको हुन् । उजुरी परेकाहरूको उमेर १८ वर्षदेखि ६५ वर्षसम्मका रहेका छन् । पीडित बालिकाको भनाई अनुसार सुरुमा आफ्नै फुपाजुले बलात्कार गरेका थिए । उनको पेट अस्वभाविक रुपमा ठूलो देखिएपछि परिवार र आफन्तले सोधपुछ गर्दा फुपाजुले बलात्कार गरेको बताइन् । त्यसपछि स्थानीयले फुपाजुलाई बालिका जिम्मा लगाएर घटना मिलाएका थिए ।

गाउँमै घटना मिलाए पनि अधिकारवादी संघसंस्था प्रहरीमा पुगेका थिए । प्रहरीले फुपाजुलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेको छ । उनको म्याद थप गराउन सरकारी वकिलले बालिकाको बयान लिने क्रममा बालिकाले अन्य १० जनाले पनि आफुलाई बलात्कार गरेको बयान दिएकी थिइन् ।

-न्यूज२४ बाट


सम्बन्धित शीर्षकहरु

एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री…

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

प्रतिकृयाहरू
...