Wednesday 2nd September 2026

६ महिनाको गर्भ भएपछि बलात्कृत भएको अारोप, अारोपी फुपाजु सहित ११ जना


तितोपाटी – ईलाम जिल्लाको देउमाई नगरपालिकामा कक्षा छ मा पढ्ने १३ वर्षीया बालिका बलात्कार भएको घटना सार्बजानिक भएको छ । बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा प्रहरीले देउमाई नगरपालिका वडा नं ९ का नौजनालाई पक्राउ गरेको छ ।

बालिकाको स्वास्थ्य परिक्षण गर्दा गर्भमा २४ हप्ताको गर्भ रहेको पुष्टि भएको छ । केही दिन अघि उनका हजुरबाले दिएको उजुरीका आधारमा आरोपीहरू पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले बताए । अनुसन्धान पुरा नभएकाले पक्राउ परेकाहरुको भने नाम नखुलाईएको प्रवक्ता भट्टराईले बताए ।

एकै ठाउँका ११ जनाविरुद्ध बलात्कारको उजुरी परेपनि अहिलेसम्म ९ जनालाईमात्र पक्राउ गरिएको र बाँकी दुईजना फरार रहेको प्रहीले बताएको छ ।

पीडित पक्षले दिएको जाहेरी अनुसार सबैले फरक–फरक समयमा बलात्कार गरेको हुन् । उजुरी परेकाहरूको उमेर १८ वर्षदेखि ६५ वर्षसम्मका रहेका छन् । पीडित बालिकाको भनाई अनुसार सुरुमा आफ्नै फुपाजुले बलात्कार गरेका थिए । उनको पेट अस्वभाविक रुपमा ठूलो देखिएपछि परिवार र आफन्तले सोधपुछ गर्दा फुपाजुले बलात्कार गरेको बताइन् । त्यसपछि स्थानीयले फुपाजुलाई बालिका जिम्मा लगाएर घटना मिलाएका थिए ।

गाउँमै घटना मिलाए पनि अधिकारवादी संघसंस्था प्रहरीमा पुगेका थिए । प्रहरीले फुपाजुलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेको छ । उनको म्याद थप गराउन सरकारी वकिलले बालिकाको बयान लिने क्रममा बालिकाले अन्य १० जनाले पनि आफुलाई बलात्कार गरेको बयान दिएकी थिइन् ।

-न्यूज२४ बाट


सम्बन्धित शीर्षकहरु

सिरियाको दक्षिणी प्रान्त स्वेइदा (Sweida/Suwayda) मा पुनः हिंसा भड्किएपछि राष्ट्रपति अहमद अल–शराआ नेतृत्वको नयाँ सरकारका लागि देशलाई एकीकृत गर्ने प्रयास…

अमेरिकाले मंगलबार इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ आक्रमण गरेपछि मध्यपूर्वमा तनाव फेरि बढेको छ। अमेरिकाले यी आक्रमणहरू होर्मुज जलडमरूमध्यमा जहाज…

कुवेतमा नेपालीका लागि एकदिने स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले Metro Medical Group को…

प्रतिकृयाहरू
...