Monday 6th May 2024

हत्याकाण्डमा जेल हालिएका ७९ वर्षीय छविलाल निर्दोष साबित


तीतोपाटी- गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेल आज जेलबाट रिहा भएका छन् । चितवनमा तत्कालीन माओवादीबाट मारिएका कृष्णप्रसाद अधिकारीको हत्याको मुख्य आरोपीको रूपमा थुनामा रहेका ७९ वर्षीय छविलाल पौडेललाई जिल्ला अदालत चितवनले २४ भदौमा सफाई दिएको हो ।

गोरखाका कृष्ण अधिकारी हत्या प्रकरणमा असार २४ मा आत्मसमर्पण गरेका छविलाल पौडेलले आइतबार सफाई पाएसँगै सोमबार जेलबाट रिहा भएका छन् । सोमबार बिहान डिल्लीबजार कारागारबाट बाहिरिदै गदौ छविलालका आँखा रसाए ।

छविलालका स्वागतका लागि उनका समर्थकहरु बाजागाजासहित कारागार पुगेका थिए । अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश गरेको थियो ।

अदालतको फैसलामा १२ जनाले सफाइ पाएका छन् २०६१ साल जेठ २४ मा गोरखाका कृष्ण अधिकारीको चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुरआमालाई भेट्न गएको बेला हत्या भएको थियो । छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमा रहेका मृतक कृष्णका बाबु नन्दप्रसाद अधिकारीको पनि अनशनका क्रममा निधन भएको छ । आमा गंगामायाले भने केही महिनाअघि मात्र अनशन तोडेकी छन् ।

हत्या गरिएका भनिएका कृष्णप्रसाद अधिकारी छविलाल पौडेलका विद्यार्थी थिए । २०६१ साल जेठमा चितवनमा कृष्णप्रसादको हत्या हुँदा छविलाल गोर्खा फुजेल गाउँमै कुलाको मिटिंगमा थिए भन्ने कुरा स्थानीयले भन्दै आएका थिए ।

कृष्ण प्रसादका दाई नुरप्रसादले विपक्षी बनाई किटानी जाहेरी दिएका छविलाल पौडेल गत असारदेखि डिल्लीबजार जेलमा पुर्पक्षका लागि थुनामा थिए । चितवन जिल्ला अदालतले आरोपित छविलाललाई हत्याकाण्डमा कुनै संलग्नता नभएको भन्दै सफाई दिएको छ


सम्बन्धित शीर्षकहरु

एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री…

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

प्रतिकृयाहरू
...