Saturday 10th October 2026

हत्याकाण्डमा जेल हालिएका ७९ वर्षीय छविलाल निर्दोष साबित


तीतोपाटी- गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेल आज जेलबाट रिहा भएका छन् । चितवनमा तत्कालीन माओवादीबाट मारिएका कृष्णप्रसाद अधिकारीको हत्याको मुख्य आरोपीको रूपमा थुनामा रहेका ७९ वर्षीय छविलाल पौडेललाई जिल्ला अदालत चितवनले २४ भदौमा सफाई दिएको हो ।

गोरखाका कृष्ण अधिकारी हत्या प्रकरणमा असार २४ मा आत्मसमर्पण गरेका छविलाल पौडेलले आइतबार सफाई पाएसँगै सोमबार जेलबाट रिहा भएका छन् । सोमबार बिहान डिल्लीबजार कारागारबाट बाहिरिदै गदौ छविलालका आँखा रसाए ।

छविलालका स्वागतका लागि उनका समर्थकहरु बाजागाजासहित कारागार पुगेका थिए । अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश गरेको थियो ।

अदालतको फैसलामा १२ जनाले सफाइ पाएका छन् २०६१ साल जेठ २४ मा गोरखाका कृष्ण अधिकारीको चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुरआमालाई भेट्न गएको बेला हत्या भएको थियो । छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमा रहेका मृतक कृष्णका बाबु नन्दप्रसाद अधिकारीको पनि अनशनका क्रममा निधन भएको छ । आमा गंगामायाले भने केही महिनाअघि मात्र अनशन तोडेकी छन् ।

हत्या गरिएका भनिएका कृष्णप्रसाद अधिकारी छविलाल पौडेलका विद्यार्थी थिए । २०६१ साल जेठमा चितवनमा कृष्णप्रसादको हत्या हुँदा छविलाल गोर्खा फुजेल गाउँमै कुलाको मिटिंगमा थिए भन्ने कुरा स्थानीयले भन्दै आएका थिए ।

कृष्ण प्रसादका दाई नुरप्रसादले विपक्षी बनाई किटानी जाहेरी दिएका छविलाल पौडेल गत असारदेखि डिल्लीबजार जेलमा पुर्पक्षका लागि थुनामा थिए । चितवन जिल्ला अदालतले आरोपित छविलाललाई हत्याकाण्डमा कुनै संलग्नता नभएको भन्दै सफाई दिएको छ


सम्बन्धित शीर्षकहरु

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

प्रतिकृयाहरू
...