Sunday 26th May 2024

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ६ को शव काठमाण्डाैंमा, जीवितै उद्दार भएकी अानीको उपचार हुँदै


तितोपाटी – तितोपाटी – नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज विदुर हुँदै काठमाण्डु ल्याइएको हो। शवलाई एयर अल्टिच्युड, सिम्रिक र हेलि एभरेष्टमार्फत शव काठमाडौँ  ल्याइएको हो। दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए । नुवाकोटका मैलुङपाखामा हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु भएको थियो भने एक यात्रुको भने जिवितै जिवितै गरिएको थियो । 

हेलिकोप्टरमा सवार आनी डोल्माको जीवितै उद्दार गरिएको हो। दुर्घटनापछि आनीले फोन गरेर आफू सकुशल रहेको बताएकी थिइन् । त्यसआधारमा हेलिकोप्टर दुर्घटना स्थल लोकेट भएको थियो । उनलाई हेलिकोप्टरबाट मेडीसिटी अस्पताल ल्याएर उपचार भइरहेको छ ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार थिए । अन्य यात्रुमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेका थिए । दुर्घटनामा छ जनाको मृत्यु भएको थियो ।

गोरखाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर ९ एन-एएलएस नुवाकोटको मेघाङ गाउँपालिका १ बर्सङचेत मैलुङपाखामा दुर्घटना भएको हो । सो हेलिकोप्टर गोरखाको हिमाली क्षेत्र सामागाउँबाट एक जापानी, पाँच नेपाली यात्रुसहित बिहान सात बजेर ५६ मिनेटमा उडेको थियाो भने नुवाकोट र धादिङको सिमानामा आइपुगेपछि सम्पर्कबिहीन भएको थियो। सम्पर्कविहीन हेलिकोप्टर खोजीका क्रममा मैलुङपाखाको घनाजंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।


सम्बन्धित शीर्षकहरु

कुबेत “भाषा अनि संस्कृतिमा बिभिधता विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था खोटाङ-कुवेत सम्पर्क मञ्चको आफनो…

भनौँ मैले के भनूँ कसरी भनूँ यो समयको कुरा दैवले हो जान्नु किन गर्छौ अरूको कुरा मात्र के सिक्यौ तिमीले…

संगीत हुन्थ्यो त गीत हुन्थ्यो तिम्रो चोखो प्रित हुन्थ्यो । अाँखाबाट झरेको अाँसु फुलको चोखो शीत हुन्थ्यो । हारीरहेको जिन्दगीको…

प्रतिकृयाहरू
...