Monday 12th January 2026

गजल


गजल

संस्कृति भन्दा विकृति छायो, तिजको रहरमा ।
तडक भडक धेरै नै भयो , गाउँ टोल शहरमा ।।

हुने खानेको घरमा मात्रै,चाड आए जस्तो भयो
खै के तिज आउला र कठै ,झुपडीको कहरमा ।।

लुगा अनि गहनामा, देखासिखी बढ्यो कतै
कतै आङ ढाक्ने चिन्ता, हुन्छ हरेक प्रहरमा ।।

दरको नाममा प्रयोग भए,व्हिस्की अनि बियर
लागेको छ मन सबैको ,अमृत छोडी जहरमा ।।

घर घरमा खर्च बढ्यो, यस्तै यस्तै विकृतिले
फजुल खर्च भइ बग्यो, धन सम्पत्ति नहरमा ।।

जोगाइ राखौँ संस्कृति हाम्रो,भोलीका पिंढीलाई
बिकृति फालौं चेतना फैलाइ,आम जनलहरमा ।।

कमला न्याैपाने, झापा

हाल – भक्तपुर


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...