Monday 16th February 2026

जापानमा २५ वर्ष यताकै शक्तिशाली अाँधी


तितोपाटी – जापानमा २५ वर्षयताकै शक्तिशाली आँधीका कारण कम्तीमा १२ लाख मानिसलाई घर छाड्न चेतावनी दिइएको अधिकारीहरूले जनाएका छन् । स्थानीय समय अनुसार मध्यान्न दिउँसोको समयमा आएको तुफाको २१६ किलो मिटर प्रति घण्टा गति रहेको थियो। तुफानका कारण आएको बाढीले जापानको एउटा प्रमुख विमानस्थल कान्साइ अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावित पारेको छ र अहिले विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ। प्रभावित क्षेत्र विशेष गरी पश्चिम जापानतर्फ हुने सयौँ उडानहरु रद्द गरिएका छन्।  जापानको पश्चिमी गएको शक्तिशाली तुफानसँग भारी वर्षा भएको छ। घरका छत छुडाउनुका साथै तुफानले गुडि रहेको ट्रकलाई समेत पल्टाइदिएको छ। 

जापानी सञ्चारमाध्यमका अनुसार हालसम्म २ जनाको मृत्यु भएको जनाएका छन् । एनएचके टेलिभिजनले ९७ जना घाइते भएको उल्लेख गरेको छ । आँधीका कारण दसौं हजार घरमा विद्युत् आपूर्ति बन्द भएको छ । हजारौं उडान, रेल तथा फेरीहरूले सेवा रद्द गरेका छन् । ओशाका नजिकैको देशकै लोकप्रिय मनोरञ्चन पार्क बन्द भएको छ ।

‘जेबी’ नामको आँधी प्रतिघण्टा २ सय १६ किलोमिटर प्रतिघण्टाको गतिमा आएको मौसमविद्ले जनाएका छन् । आँधीका कारण जापानको पश्चिमी क्षेत्रमा भारी वर्षा भएको छ ।

ओशाका बे मा एक टयांकर बगेको तथा एक ट्रक पुलबाट खसेको अधिकारीहरूले जनाएका छन् । क्योटो क्षेत्रमा आँधीले कतिपय रेल स्टेसनका छत उडाएको छ ।

मौसम अधिकारीका अनुसार मंगलबार बिहान सिकोकु टापुमा आँधीका कारण भएको भारी वर्षा जापानकै ठूलो होन्सु टापुमा सरेको हो । बीबीसीका अनुसार जापानको मौसम विभागले भारी वर्षापछि सामुद्रिक छाल, बाढी तथा पहिरो आउन सक्ने चेतावनी दिएको थियो ।

जापानी प्रधानमन्त्री सिन्जो अबेले मन्त्रिपरिषदको आपत्कालीन बैठक गरेका छन् । उनले ‘सर्वसाधारणलाई आफ्नो जीवन सुरक्षाका लागि ध्यान दिन तथा सकेसम्म चाँडो आँधी प्रभावित क्षेत्र छाड्न’ आग्रह गरेका छन् ।

उनले उद्धारकार्यमा खट्न सबैलाई आग्रह गरेका छन् । अबेले सतर्कता अपनाउन नागरिकलाई अपिल गरेको जापानी सरकारी टेलिभिजन एनएचकेले जनाएको छ ।

जापानको मौसम विभागका अधिकारी रियुता कुरुराले भने, ‘सोमबार साँझबाट सुरु भएको आँधीको प्रकोप २५ वर्षपछिकै शक्तिशाली छ र यसले पुर्‍याउन सक्ने क्षतिको आँकलन गरी सरकारले आवश्यक सुरक्षात्मक उपायहरू अपनाउनेछ ।’

उनले मंगलबार बिहानदेखि आँधीको गति झनै बढदै गएको देखिएको बताए । कुरुताले ‘विभिन्न स्थानमा पहिरो गएकाले तत्काल प्रभावित स्थानमा उद्धार गर्न सम्भव नभएको जनाए ।

मौसमविद्ले जेबी सन् १९९३ पछिकै सबैभन्दा शक्तिशाली भएको भन्दै नागरिकलाई अनावश्यक रूपमा बाहिर ननिस्कन र सरकारी सूचनालाई मनन गर्न आग्रह गरेका छन् ।

गत जुलाईमा जापानमा गएको बाढी तथा पहिरोका कारण २ सयभन्दा बढी मानिसको ज्यान गएको थियो । त्यसपछिको तातो हावाका कारण पनि जापानमा दर्जनौं मानिसको मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...