Tuesday 17th March 2026

भारतको राजधानी दिल्लीमा वर्षाको कारण डुबान हुँदा जनजीवन प्रभावित


तितोपाटी – भारतको राजधानी दिल्लीमा परेको घनघोर वर्षाका कारण यहाँका केही भागमा डुबान हुँदा दिल्लीको यातायात लगायतका दैनिक जनजीवन कष्टकर बनेको छ।

दिल्ली र वरपरका क्षेत्रमा विगत केही दिनदेखि व्यापक वर्षा भएको र यसका कारण राजधानी र वरपरका केही वस्ती डुबानमा परेका छन् । डुबानले खास गरी यातायात सेवालाई प्रभावित तुल्याएको छ । डुबानपछि नगरका अधिकारीले ढल निकासका लागि कमजोर संयन्त्र बनाएको भन्दै एक आपसमा आरोप प्रत्यारोप गरेका छन्।

भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले आगामी दुई दिनसम्म वर्षा भइरहने जनाएको छ । आइएमडीले हरियाणा, चण्डिगढ, दिल्ली र वरपरका क्षेत्रमा विशाल वर्षा हुने जनाएको छ । वर्षाको प्रभाव दुई दिनपछि बिस्तारै कम हुने विभागले जनाएको छ।

शनिबारको वर्षापछि यमुना बजारमा डुबान हुँदा करीब ३० जना अलपत्र परेको जनाइएको छ । उनीहरू यात्रा गरिरहेको बस सडकमा जम्मा भएको पानीका कारण बिग्रिएपछि उनीहरूलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेका थिए।

बस नदीमा खस्दा १२ को मृत्यु
त्यस्तै, यात्रुबाहक बस नदीमा खस्दा भारतमा १२ जनाको मृत्यु भएको छ । उत्तराखण्ड प्रदेशमा सोमबार भएको सो दुर्घटनामा परी केही व्यक्ति घाइते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।

संवाददाताहरुका अनुसार दुर्घटनामा परेको सवारी साधन झन्डै एक सय मिटर माथिबाट नदीमा खसेको हो । दुर्घटनामा परेको सवारी साधनमा १५ यात्रु थिए । घाइते तीन जनालाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । उनीहरूलाई स्थानीयको सहयोगमा घटनास्थलबाट उद्धार गरिएको थियो।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...