Tuesday 17th March 2026

नाइजेरियामा बोको हरामको अाक्रमणमा परि ४८ जना सरकारी सैनिकको मृत्यु


तितोपाटी – नाइजेरियाको सीमा क्षेत्रमा रहेको नाइजेरियाली सेनाको शिविरमा बोको हराम समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको नाजेरियाली सेनाले जनाएको छ । सेनाले उपलब्ध गराएको विवरणमा कम्तीमा ३० सैनिकको मृत्यु भएको थियो।

‘सेना र बोको हराम समूहबीच भएका झडपका क्रममा ज्यान गुमाएका सैनिकका थप १८ शवलाई जंगलका विभिन्न भागबाट उद्धार गरिएको र यससँगै मृत्यु हुने सैनिकको संख्या ४८ पुगेको छ,’ एक सेनाले आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा एएफ्पीलाई बताए । तिनका अनुसार नाइजेरियाको उत्तरी क्षेत्रमा बलियो उपस्थिति रहेको विद्रोही समूह बोको हरामले एक्कासी सैनिक शिविरमा आक्रमण थालेपछि प्रतिकारको क्रममा ठूलो संख्यामा सैनिक अधिकारी मारिएका हुन्।

सयौंको संख्यामा ट्रकमा आएका जिहादी विद्रोहीले ब्रोनो राज्यको उत्तरी सीमा क्षेत्रमा रहेको जारी गाउँमा रहेका शिविरमा आइतबार एक्कासी आक्रमण गरेपछि सेनाले उनीहरूविरुद्ध प्रतिकार गरेको थियो।

दुई पक्षबीच बिहीबार भएको भिडन्तमा विद्रोहीले केही समय शिविर कब्जा गरेको भए पनि सेनाको थप बल त्यहाँ पुगेपछि उनीहरूलाई उक्त स्थानबाट लखेट्न सेना सफल भएको बताइएको छ । विद्रोहीतर्फ के कति हताहत भयो भन्ने विवरण भने दिइएको छैन।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...