Tuesday 17th March 2026

ब्राजिलको राष्ट्रिय संग्रहालयमा भीषण अागलागी


तितोपाटी – ब्राजिलको राष्ट्रिय संग्रहालयमा ठूलो आगो लागेको छ। त्यो ल्याटिन अमेरिकाकै एउटा ठूलो र धेरै महत्वपूर्ण संग्रहहरू रहेको ऐतिहासिक संग्रहालय हो। दुई करोड सामग्रीको संग्रह रहेको संग्रहालयमा लागेको आगो नियन्त्रणका लागि अग्नि नियन्त्रकहरू खटिएकाे बीबीसीले जनाएकाे छ।

आइतवार लागेको आगोमा कोही घाइते भएका छन् वा छैनन् भन्ने चाहिँ अहिलेसम्म खुलेको छैन्। आगलागीको कारण पनि अहिलेसम्म खुल्न सकेको छैन्।

उक्त सङ्ग्रहालयले यसै वर्षको शुरूमा आफ्नो २०० औँ वार्षिकोत्सव मनाएको थियो। त्यहाँ कुनैबेला पोर्चुगलका राजपरिवारको समेत निवास थियो।

ब्राजिलका टिभीहरूले संग्रहालय बन्द गरिसकेपछि कसरी त्यहाँ लागेको आगो पूरै भवनभरि फैलिएको थियो भनेर देखाइरहेका छन्।

सन् १८१८ मा बनेको उक्त संग्रहालयमा किराफट्यांग्रा, जीवाशेष, उल्कापिण्ड, विशेष किसिमले संरक्षण गरेर राखिएका शवहरू जस्ता सामग्रीहरूको दुई करोडभन्दा बढी संग्रह छ।

ब्राजिलका राष्ट्रपति मिसेल टिमेरले ट्वीट गर्दै सबै ब्राजिलका नागरिकका लागि दुःखद दिन भनेका छन्। उनले इतिहासको महत्वपूर्ण भवनमा पुगेको क्षतिको मापन गर्न नसक्ने पनि बताएका छन्।

ब्राजिलको ग्लोबो टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उक्त संग्रहालयका निर्देशकले सो आगलागीलाई एउटा सांस्कृतिक वियोग भनेका छन्।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...