Friday 28th June 2024

अाैषधिय गुणले भरपुर मेथीको सेवन गराैं निरोगी बनाैं


तितोपाटी – हाम्रै वरिपरि पाइने विभिन्न सागसब्जी तथा फलफूलहरू हाम्रो स्वास्थ्यको लागि एकदमै फाइदाजनक हुने गर्दछन् तर हामीले यो कुराको त्यति ख्याल गर्दैनौँ  । मन लागे अनुसारको तरकारी खाने गर्छौँ। हुन त यो कुनै नराम्रो कुरा होइन तर हाम्रो स्वास्थ्य स्थितिलाई विचार पुर्याएर त्यसैअनुरूपको खानेकुराहरू खानु आवश्यक हुन आउँछ।

यसैगरी, हाम्रो वरिपरि पाइने स्वास्थ्यको लागि फाइदाजनक खानेकुराहरूमध्ये ‘मेथी’ (Fenugreek) पनि एक हो। यो विभिन्न प्रकारका रोगहरूको उपचार गर्न प्रयोग गरिने एक जडीबुटी हो। यसको पात र बिउलाई तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ। मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो। तर सबैलाई मेथीको स्वाद मन पर्दैन। मेथीका धेरै फाइदा छन्। खानामा मसला हरेक नेपालीकाे घरमा मेथी हुन्छ नै, हामीले तरकारी पकाउँदा पहिला मेथी फुराउँछाै । त्यसैले पनि मेथी सजिलै पाइन्छ।

मेथीको दानामा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन-सी, नायसिन, पोटासियम र डायोसजेनिन (Protein, Vitamin-C, Niacin, Potassium and Diosgenin) पाइन्छन् भने त्यसलगायत मेथीमा अल्कालोइड्स, लाइसिन (Alkaloids, Lysine) जस्ता स्वास्थ्यवर्दक तत्वहरू पनि पाइन्छन्। यसको सेवनले पेटको समस्यालाई टाढा राख्नुको साथै छाला र कपाललाई पनि फाइदा गर्दछ।

मेथी खानुका फाइदाहरू

-मेथीको दानामा पाइने विभिन्न किसिमका पौष्टिक तत्वहरूले हाम्रो कामेच्छाको वृद्धि गराउँदछ भने महिलाहरूमा हुने रजस्वलाको समस्यालाई पनि कम गर्दछ। नेपाल, भारत र चीनमा यसलाई हाडजोर्नीको रोग, दम, ब्रोङ्काइटिस, पाचन प्रणालीको समस्या, पुरुषमा शीघ्र स्खलन, छालाको समस्या (घाउ, पासेको र पोलेको), घाँटीको समस्या जस्ता थुप्रै रोगहरूको उपचार गर्नको लागि प्रयोग गर्ने गर्छन्।

-प्रजनन समस्याको उपचारको लागि यसलाई प्रयोग गरिएको इतिहास रहेको छ। साथै प्रशवास्थालाई सुधार्न, हर्मोनको समस्यालाई सुधार्न, स्तन ठूलो बनाउन र रजस्वलाको दुखाईलाई कम गर्न पनि यसको मूख्य भूमीका रहेको पाइएको छ।

हालै भएको एक अनुसन्धानबाट, मेथीको सेवनले रगतमा ग्लुकोज र कोलेस्ट्रोलको मात्रा घटाउने अनि १ र २ प्रकारको मधुमेहको लागि राम्रो उपचार हुने कुरा पत्ता लागेको छ। हृदयरोगको लागि पनि यसको फाइदाको बारेमा अनुसन्धान भैरहेको छ।

मेथी भिजाएको पानी खानुका फाइदाहरू

मेथी यस्तो अाैषधिय गुण भएको बस्तु हो कि यसलार्इ सिधै खान नसक्नेले मेथीको दाना भिजाएर पानी पिउने गर्नाले पनि बिभिन्न फाइदा दिने गर्दछ ।

– कोलेस्ट्रोल कम गर्नु छ र क्यान्सर जस्तो बिरामीबाट सुरक्षित हुनको लागि पनि मेथीपानी एक सरल र प्रभावकारी औषधी हो । यतीमात्रै होइन यसले तपाईको कपाल र अनुहारको लागि पनि धेरै फाइदा गर्छ ।

 जोर्नीको दुखाईको लागि पनि मेथीपानी एक अचुक उपचार हो । सामान्यतया दुखाईबाट राहत पाउनको लागि मेथी सेवन गरिन्छ र चिसोमा मेथीको लड्डु बनाएर पनि सेवन गरिन्छ ।

 उच्च रक्तचापको समस्या छ भने पनि मेथीपानी तपाईको लागि धेरै नै उपयोगी हुन्छ । यसले रक्तचाप नियन्त्रण गर्छ र यस सम्बन्धी अन्य समस्याहरुको पनि समाधान गर्छ ।

 एक गिलास पानीमा एक चम्चा मेथीदाना रातभर भिजाएर राख्नुहोस र विहान उठ्नासाथ खाली पेटमा पिउनुहोस । नियमित यस्तो गर्नाले तपाईको तौल कम हुन्छ र तपाई स्लिम र आकर्षक शरिर बनाउन सक्नुहुनेछ ।

 सुगरका बिरामीलाई यो तरिका धेरै प्रभावकारी हुन्छ । सधैं मेथीपानी सेवन गर्नाले सुगरको समस्या छिटै समाधान हुन्छ र रगतमा सुगरको लेभल घट्छ ।

मेथी खानुका बेफाइदाहरू

“बत्ती मुनि अवश्य नै अँध्यारो हुन्छ”, यो संसारमा अवस्थित हरेक कुराहरूको आ-आफ्नै फाइदा पनि छन् र बेफाइदा पनि छन्। त्यसै गरी, मेथीको पनि बेफाइदा नभएको होइन, तर यसको फाइदाको दाँजोमा बेफाइदा अलि थोरै नै रहेको छ।

सामान्य मात्रामा मेथीको सेवन गर्दा कुनै हानी गर्दैन, तर कसै-कसैलाई यसले नकारात्मक असर पनि गरेको पाइएको छ।सबैभन्दा साझा साइड-इफेक्ट भनेको रिङ्गटा लाग्नु हो। साथै, यसलाई छालाको उपचारको लागि प्रयोग गर्दा कसै-कसैमा एलर्जी भएको पनि पाइएको छ।

गर्भवती महिलाहरूले मेथीको सेवन गर्नु एकदमै हानीकारक हुन्छ, किनभने यसले गर्भाशयको मुखलाई खुल्ला गर्ने काम गर्दछ। प्रशवावस्थामा नपुग्दै गर्भाशयको मुख खुल्न गएका बच्चा तुहिने पनि हुन सक्छ। त्यसैले, यो कुरालाई विशेष ध्यान जरुरी हुन्छ। यदि गर्भवती महिलाहरूलाई मेथी खान मन लागेमा, चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ।

यदि तपाईँले अन्य कुनै औषधीको सेवन गर्नुभएको छ भने पनि, मेथी खाँदा ध्यान पुर्याउनुपर्ने हुन्छ। औषधी खानुभन्दा ३ घण्टा अगाडि नै, कि त औषधी खाएको ५ घण्टा पछाडि मात्रै मेथीको सेवन गर्नुहोला। किनभने, यसमा भएको फाइबरले अन्य मेडिकल औषधीसँग प्रतिक्रिया गर्दछ र उक्त औषधीको प्रभावलाई शून्य बनाइदिन्छ।

बालकहरूलाई मेथी खान दिनुहुँदैन। यसले बच्चाहरू मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने अनुसन्धानबाट देखिएको छ। बच्चालाई मेथी खुवाउँदा, उनीहरूको शरीरबाट दुर्गन्ध आउने समस्या देखिन सक्छ।


सम्बन्धित शीर्षकहरु

बाढी पहिरो तथा चट्याङ जस्ता विपद्जन्य घटनामा परि गत २४ घण्टामा १४ जनाको ज्यान गएको छ भने यस अवधिमा ४४…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

दक्षिणी रूसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १९ जना प्रहरी अधिकारीको मृत्यु हुनुको साथै अन्य २५ जना घाइते भएको आरआइए…

प्रतिकृयाहरू
...