Wednesday 11th February 2026

कुवेतमा पनि म्याग्दी मोनाले सुरेश बचाउ अभियान संचालन गर्‍यो 


चन्द्र बिश्वकर्मा – म्याग्दी मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्याल बचाउ अभियान म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतले संचालन गरेको छ ।

कुवेतको नेपाली समाजमा हालसालै गठन भएको मोनाले दुबै मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि आज 31, अगस्ट 2018 दिन आर्थिक संकलन समितीमा मोना कुवेतका उप-संयोजक दिपक छन्त्यालको संयोजकमा ४ सदस्यीय समिति गठन गरेको छ । जसमा मोनाका बरिस्ठ सल्लाहकार नन्द बरुवाल , सदस्य तिलक भण्डारी , तुल पुन र अर्जुन शाही रहेको म्याग्दी मोनाका संयोजक प्रेम बहादुर बिश्वकर्माले तितोपाटी लाई जानकारी गराएका छन ।

केहि समय पहिले देखि दुवै मृगौलाले काम गर्न नसकेर थलिएका सुरेश भर्खर १९ वर्षका छन । घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको हुँदा स्वदेश तथा बिदेशमा कार्यरत म्याग्देलीहरुले पनि अभियान संचालन गरेका छन । युवा अवस्था मै दुवै मृगौलाले काम गर्न छोडेपछि उनी लगायत उनका परिवारमा ठुलो चोत पुगेको छ । दुवै मृगौला पीडित सुरेशको काठमाडौं स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

कुवेतमा कृयाशिल संघ – सस्था लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई सुरेशको जीवन रक्षाका लागि सक्दो आर्थिक सहयोग गरिदिनको लागि म्याग्दी मोनाले हार्दिक अपिल गरेको छ ।
थप जानकारीको लागि :
प्रेम बहादुर बिश्वकर्मा ( म्याग्दी मोना – संयोजक) – 51784715
दिपक छ्न्त्याल (अभियान संयोजक) – 66032880
नन्द बरुवाल – 66583555
तिलक भण्डारी – 98058329
तुल पुन – 92206702
अर्जुन शाही – 90059909


सम्बन्धित शीर्षकहरु

क्यान्सर रोगबाट पीडित हल्दिबारी गाउँपालिका वडा नं. ४ निवासी प्रेम कुमारी लिम्बुको उपचार सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाको पहलमा आर्थिक…

निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेपछि कुनै पनि राजनीतिक दलले “मतदाता प्रभावित पार्ने भड्किलो प्रचार वा शक्ति प्रदर्शन” गर्न नपाउने जनाएको…

-नारायण कोइराला मन्दिर भित्र पस्दैथिएँ।एक्कासी मन्दिरको पर्खाल भत्कियो। मन्दिरभित्रका देउतामा डर,त्रास केही देखिनँ। पर्खालका ढुंगा आपसमा ठोकिएर फुटे। जताततै छितारिए।…

प्रतिकृयाहरू
...