Monday 5th October 2026

अोखलढुंगामा पहिरोले घर पुरिंदा एकै घरका ४ को ज्यान गयो


तितोपाटी – अोखलढुंगाको मेलुङ गाउँपालिका -८ खिम्तीमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

गएराती आएको भीषण पहिरोले स्थानीय ५० बर्षीय पूर्ण बहादुर राईको घर पुरिँदा राई सहित उनका श्रीमती ४० वर्षीया धन कुमारी राई, उनका दिदी ५५ वर्षीया मित्रमाया राई तथा ३ वर्षीय छोराको मृत्यु भएको हो ।

बुधबार मध्यराती घरमाथिबाट झरेको पहिरोले सुतिरहेको अवस्थामा उनीहरु चारैजना पुरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

घरमाथिबाट खनिएको स्थानीय सडक भत्किएर पहिरो झरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायक उपरीक्षक अनन्तराम शर्माले बताए ।

घरमा बस्दै आएका चारै जनाको सुकेकै ठाँउमा पहिरोले पुरेको हो । स्थानीय र प्रहरीको सक्रियातामा उनीहरुको शव निकालिएको छ । जिल्लामा केही दिनदेखिको निरन्तरको बर्षाका कारण ठाँउठाउँका स्थानीय सडकहरुमा पहिरो जानेक्रम जारी छ ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...