Monday 5th October 2026

गोरखामा अाफैले जन्माएको नवजात शिशु हत्या गर्ने अामा पक्राउ


तितोपाटी – गोरखामा एक युवती आफुले जन्माएको नवजात शिशुको हत्या गरेर माटोमा पुरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । अन्तरजार्तिय विवाह गरेका कारण माइतीले धम्की दिएको हुंदा आफुले छोरीको हत्या गरेर माटोमा पुरेको भन्दै ति युवतीले प्रहरीमा बयान दिएकी छन् ।

गोरखा सिरानचोक गाउँपालिका २ थालाजुङकी १७ वर्षकी रश्मी गुरुङले छोरी जन्मिएको ११ दिनमा उनको हत्या गरेर माटोमा पुरेकी हुन् । उनले माइती पक्षले छोरी र श्रीमानलाई मार्ने धम्की दिएपछि आफुले त्यस्तो कदम चालेको प्रहरी समक्ष बताएकी छन् ।

रश्मीले जन्माएको छोरीको भदौ ८ गते न्वारान गरिएको थियो । न्वारान गरेकै दिनको राती उनले छोरी हराएको भनेर हल्ला गरिन् । उनले हारगुहार मागेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गर्यो । तर रश्मी आफैले छोरीको हत्या गरेर घर नजिकैको बारीमा खाल्डो खनेर पुरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले रश्मीलाई पक्राउ गरेर घटनावारे थप अनुसन्धान गरेको जनाएको छ ।

रश्मी र थालाजुङ खामबारीका सबल भण्डारीको विवाह भएको थियो । उनीहरुवाट जन्मिएको छोरीको भदौ ८ गते न्वारन सकियो । सासुसंगै एउटै कोठामा सुतेकी रश्मी छोरी रोएपछि राति १२ वजे तिर छोरी बोकेर घर भित्र बाहिर गरेको परिवारको सदस्यले बताए । रश्मीले प्रहरीमा दिएको बयान अनुसार राति छोरी रोए पछि घर बाहिर निक्केकी उनले पानी परेको बेलामा नजिकैको झ्यागंमा लगेर नवजात शिशुलाई लगेर फालेकी थिइन् । एकछिन पछि गएर हेर्दा पानीले निथ्रुक्क भिजेको बच्चा खाल्डो खनेर गाडेको उनले प्रहरी सामु बताएकी छन् । बारीमा खाल्डो खनेर छोरीलाई पुरेर आएपछि घरमा आएर हारगुहार माग्दै हल्ला गरेको उनले बताएकी छन् ।

आफ्नी आमाले धम्की दिएका कारण आफुले त्यसो गरेको रश्मीले प्रहरी सामु बताएकी छन् । छोरी हराएको भोलीपल्ट प्रहरीले रश्मी सहित उनको श्रीमान र सासुलाई समेत प्रहरी कार्यालय ल्याए पछि यस्तो रहस्य खुलेको हो । आफ्नो अन्तरजातिय विवाह भएका कारण माइती पक्षले बच्चालाई मार्ने धम्की दिएको रश्मीको भनाई छ । रश्मीले यस्तो बयान दिएपछि प्रहरीले उनको आमालाई पनि पक्राउ गरेको छ । रश्मीले बताएको ठाउंमा खाल्डो खनेर हेर्दा बोराभित्र शिशु मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

सन् २०२६ को शरीर विज्ञान वा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कार्ल डाइसरोथ, पिटर हेगेमान र जर्ज नागेललाई संयुक्त रूपमा प्रदान गरिएको…

पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइ माग्दै उनका हजारौँ समर्थकले राजधानी इस्लामाबादतर्फ लामो मार्च सुरु गरेका छन्। पाकिस्तान तहरीक–ए–इन्साफका…

सरकारले भोटेकोसी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक अवस्थाबाहेक खोज तथा उद्धार कार्य हाललाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको…

प्रतिकृयाहरू
...