Monday 12th January 2026

यस वर्षको मदन पुरस्कार निलम कार्की ‘निहारीका’ को “योगमाया” लार्इ


तितोपाटी – यस पटकको मदन पुरस्कार ‘योगमाया’ पुस्तकका लागि नीलम कार्की निहारिकालाई प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीले बाल साहित्यको विकास, विस्तार र प्रवर्धनमा पाँच दशकदेखि सक्रिय शान्तदास मानन्धरलाई को जगदम्बाश्री प्रदान गर्ने समेत निर्णय गरेको छ।

यस वर्षको मदन पुरस्कारका लागि आठ पुस्तक छानिएका थिए। २०७४ को मदन पुरस्कारका लागि प्राप्त २ सय ५३ पुस्तकमध्ये गुठीले आठवटा पुस्तकलाई श्रेष्ठ पुस्तकका रुपमा छनौट गरेको थियो।

छनौट भएका पुस्तकमा नीलम कार्की निहारिकाको ‘योगमाया’, ध्रुवसत्य परियारको ‘कैरन’, नयनराज पाण्डेको ‘यार’, सरस्वती प्रतीक्षाको ‘नथिया’, यज्ञशको ‘भुइँया’, राज माङ्लाकको ‘लिम्बूनी गाउँ’, तीर्थ गुरुङको ‘पाठशाला’ र मोहन वैद्य किरणको ‘हिमाली दर्शन’ रहेका थिए।

नेपाली साहित्यमा प्रतिष्ठित मानिने मदन पुरस्कार पाउने कार्की चौथी महिला हुन्। । यस अघि विसं २०२२ मा ‘शिरीषको फूल’ उपन्यासका लागि पारिजात (विष्णुकुमारी वाइबा) लाई मदन पुरस्कार दिइएको थियो भने विसं २०६७ मा प्रकाशित आत्मजीवनीपरक निबन्ध ‘जीवन काँडा कि फूल’ का लागि झमककुमारी घिमिरे र विसं २०७० मा प्रकाशित संस्मरणात्मक कृति ‘खलङ्गामा हमला – एउटी नर्सको डायरी’ का लागि राधा पौडेलले मदन पुरस्कार प्राप्त गरेका थिए।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...