Monday 12th January 2026

कोमल वलीको तीज गीत ‘भदाैरे झरी’ बजारमा


तितोपाटी – लोकप्रिय गायिका कोमल वलीको आवाजमा रहेको तिज गीत ‘भदौरे झरी’ पनि बजारमा आएको छ । कोमल वलीको यस अघि नै ‘माननीय ज्यू’ बोलको तीज गीत पनि बजारमा अाइसकेको छ ।

महिला गायिकाहरु पछिल्लो समय तिज विशेष देश विदेशका कार्यक्रमहरुमा व्यस्त हुन थालिसकेका छन् । विभिन्न खाल्का तिजका गीतहरु बजारमा आउने क्रममा तिजको अागमनसँगै तिजका गीतहरु पनि गुन्जिन थालिसकेका छन् । गीतमा चर्चित मोडल करिश्मा ढकाल र सुमन परियार फिचर्ड भएका छन् ।

मालती डिजिटल प्रा.लि को प्रस्तुतिमा रहेको उक्त ‘भदौरे झरी’ मा गायिका कोमल वलीलार्इ राम गोपालीले स्वरमा साथ दिएका छन् । सन्ध्या के।सीद्वारा शब्द सृजना भएको उक्त गीतमा रामु खड्काको लय रहेको छ । त्यस्तै सोही गीतको भिडियोमा काजिश श्रेष्ठको निर्देशन रहेको छ भने अजय रेग्मीले छायांकन, दिपक बिष्टले सम्पादन गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...