Monday 6th May 2024

जल तथा माैसम विज्ञान विभाग र एनसेलविच सहकार्य, बाढी पहिरो पुर्व नै सूचना प्राप्त गर्न सकिने


तितोपाटी – बाढी पहिरो सम्बन्धि जोखिमको पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षतिमा न्युनिकरण गर्न योगदान पुर्याइ रहेको पूर्व सूचना प्रणालीलाई थप मजबुत बनाउन एनसेलले यही शुक्रबार जल तथा मौसम विज्ञान विभागसँग एक नयाँ समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

नयाँ समझदारीले एनसेल र जल तथा मौसम विज्ञान विभागबीचको सहकार्यलाई अझ वृहत बनाउँदै पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास लिइएको छ । समझदारीपत्रमा एनसेलका तर्फबाट कम्पनीका प्रमुख सूचना अधिकृत विशाल उपाध्याय र जल तथा मौसम विज्ञान विभागका तर्फबाट विभागका महानिर्देशक डा. ऋषिराम शर्माले हस्ताक्षर गरेका छन् ।

नयाँ समझदारीपत्रले एनसेल र जल तथा मौसम विज्ञान विभागले आगामी पाँच वर्षसम्म पूर्व सूचना प्रणालीको संचालन तथा विस्तारमा सहकार्य गर्दै बाढी र पहिरोको जोखिममा रहेका थप समुदायलाई पनि यस प्रणालीमा समावेश गराई त्यसको लाभ प्रदान गर्ने उद्देश्य लिएको छ ।

एनसेल र जल तथा मौसम विज्ञान विभागले २०७३ देखि नै पूर्व सूचना प्रणालीको संचालनका लागि सहकार्य गर्दै आएका छन् । सहकार्यको शुरुवात देखि नै एनसेलले बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने जनसमुदायलाई बाढी पहिरोको जोखिमबारे उनीहरुको आफ्नै मोबाइलमा एसएमएस मार्फत पूर्व सूचना प्रवाह गर्दै आएको छ । यस सहकार्यले जोखिम क्षेत्रमा जनधनको क्षतिलाई न्यून गर्न मद्दत पुर्याउँदै आएको छ ।

एनसेलका प्रमुख सूचना अधिकृत विशाल उपाध्यायले भने, “यो नयाँ समझदारीले बाढी तथा पहिरो पूर्व सूचना प्रणालीका लागि एनसेल र जल तथा मौसम विज्ञान विभागको सहकार्यलाई थप पाँच वर्षका लागि औपचारिकता प्रदान गरेको छ । यस अन्तर्गत, एनसेलले विभागसँगको समन्वयमा बाढी पहिरोको जोखिममा रहेका तल्लो तटिय क्षेत्रमा बसोबास गर्ने समुदायलाई एसएमएस मार्फत प्रदान गर्दै आएको बाढी पहिरो सम्बन्धि पूर्व सूचना तथा चेतावनी प्रवाहलाई निरन्तरता दिनेछ ।”

एनसेलका प्रमुख सूचना अधिकृत विशाल उपाध्यायले भने, ‘‘एनसेलमा हामीले विपत पूर्व तयारी तथा प्रतिकार्यलाई हाम्रो व्यावसायिक सामाजिक उत्तरदायित्वको एक प्रमुख स्तम्भको रुपमा अंगिकार गरेका छौं । यसै पहल अन्तर्गत जल तथा मौसम विज्ञान विभागसँगको आफ्नो सहकार्यलाइ थप मजबुत बनाउन पाउँदा हामी हर्षित छौं । यो सहकार्यले हामी अप्ठ्यारो परिस्थितिमा पनि आफ्ना ग्राहकसँगै छौं र उहाँहरुलाई सेवा प्रदान गरिरहन कटिबद्ध छौं भन्ने हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ । पूर्व सूचना प्रणाली सम्बन्धित यस पहलले आपतकालिन अवस्थामा पनि प्रविधिको प्रयोग गरी कसरी सामाजिक लाभ लिन सकिन्छ भन्ने तथ्य पनि उजागर गरेको छ, ।’’

यसका साथै, कम्पनीले जल तथा मौसम विज्ञान विभागलाई हाइड्रो मेटेरोलोजिकल स्टेशनहरु संचालन तथा विस्तारका लागि पहिलो वर्ष २५० वटा सिमकार्डहरु उपलब्ध गराई कनेक्टिभीटीका लागि ब्यालेन्स वापत रु १५ लाख सहयोग गर्नेछ । यसरी उपलब्ध कनेक्टिभिटी सुविधाले विभागलाई देशका विभिन्न स्थानमा स्थापित हाइड्रो मेटेरोलोजिकल स्टेशनहरुबाट केन्द्रिय सर्भरसम्म जोड्न तथा रियल टाईम डाटा ट्रान्समिसनका लागि सहयोग गर्नेछ ।”

‘‘डाटा ट्रान्समिसन तथा जोखिम क्षेत्रमा पूर्व सूचना प्रवाह लगायतका सहयोग प्रदान गर्दै आगामी ५ वर्षसम्म विभागसँग सहकार्य गर्ने एनसेलको यो प्रतिवद्धता प्रति हामी खुशी छौं । विगत २ वर्ष देखिको हाम्रो यो सहकार्यले विपदबाट सुरक्षित रहन तथा जनधनको क्षतिलाई घटाउन महत्वपूर्ण योगदान प्रदान गरेको छ ।’’ जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्मा भने ।

यस सहकार्य अन्तर्गत जल तथा मौसम विज्ञान विभागले नदीमा पानीको सहतको अनुगमन गर्दै त्यसको जोखिमका आधारमा भिन्ना भिन्नै एसएमएस कन्टेन्ट एनसेललाई उपलब्ध गराउँदछ र त्यसै अनुरुप कम्पनीले तोकिएको जोखिम क्षेत्रमा रहेका एनसेल ग्राहकहरुलाई तत्काल त्यो सूचनालाई सर्टकोड ११५५ बाट एसएमएस गरी पठाउँछ ।

त्यसैगरी, ग्राहकहरुले जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ मा फोन गरेर पनि नदीमा पानीको सहतको स्थिती र बाढीको जोखिमका बारेमा निःशुल्क जानकारी लिन सक्नेछन् । पानीको सतह खतराको तह भन्दा माथि गएको एसएमएस पाएपछि मानिसहरु सरकारले तोकेको वा अन्य कुनै सुरक्षित स्थानमा जान सक्छन् । पानीको सतह सामान्य अवस्थामा फर्किए पछि पनि तत्काल कुनै खतरा नरहेको जानकारी ग्राहकले एसएमएस मार्फत पाउँछन् ।

हाललाई यो पूर्व सूचना प्रणाली जाखिमयुक्त स्थानको रुपमा पहिचान गरिएका ४२ वटा तटिय क्षेत्रहरुमा लागु गरिएको छ । बाढी पहिरोको जोखिमका आधारमा उक्त स्थानका वासिन्दालाई एनसेलले विभागले पठाएको सूचना एसएमएस मार्फत पठाउँदै आएको छ ।


सम्बन्धित शीर्षकहरु

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रसाद बराललाई ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरिएको छ । काठमाण्डौमा सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं…

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

प्रतिकृयाहरू
...