Monday 16th March 2026

गायीका गिता सेञ्चुरीको तीज गित “क्षमा दिनु है”बजारमा (भिडीयो सहित)


तीतोपाटी- तीजका गितको प्रतिस्पर्धा चलिरहेको बेलामा गायीका गिता सेञ्चुरीले पनि धमकेदार तीज गित क्षमा दिनु बजारमा ल्याएकि छिन् । तीजका गीत महिलाले मात्र गाउनु पर्छ र यो महिलाको मात्र पर्व हो भन्ने अधिकार मागिएको गित एक पटक सबैले सुन्नै पर्ने गित बनेको छ । सन्देश बाहक गितले समाजमा देखिएको बिकृतिको उजागर गर्ने प्रयास भएको छ । महिलाहरुको मात्र सहभागिता गराएर बनाइएको म्युजिक भिडियो हेर्दा अति रमणिय छ । यस सम्झना बुढाथोकीको नृत्य रहेको छ । सो गीतमा भरत बराकोटीको शब्द र चर्चित सर्जक वसन्त थापाको लयमा सृजना रहेको छ ।

गिता सेञ्चुरी धक खुलाएर गाएकी तीज गितले उनको स्वरमा भविष्यमा दोहोरी गित क्षेत्रमा ठुलै छनक मार्ने कुरामा दुई मत छैन । यस गितमा पनि सफलता पाउने कुरामा ढुक्क छिन गायिका गीता सेन्चुरी । कपिल लामाको निर्देशन रहेको गीतमा राजेश घिमिरेले छायाकन गरेका छन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् । गितमा चर्चित मोडल सम्झना बुढाथोकीको निकै नै राम्रो अभिनय देख्न सकिन्छ । गीता सेन्चुरीको प्रस्तुतिको रुपमा बजारमा आएको यस गीत क्षमा दिनु है बसन्त थापाको आफ्नै युटुब च्यानल मार्फत बजारमा आएको छ ।


सम्बन्धित शीर्षकहरु

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

प्रतिकृयाहरू
...