Monday 13th April 2026

रौतहटको लालबकैया नदीमा डुंगा दुर्घटना, ३० जना वेपत्ता


तितोपाटी- रौतहटको गौर नगरपालिका वडा नम्बर ४ स्थित लालबकैया नदीमा डुंगा दुर्घटना भएको छ ।

डुंगामा ४० जना सवार थिए । उनीहरु मध्ये ३० जना अझै वेपत्ता छन् । १० जनाले पौडिएर ज्यान जोगाएका छन् । यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

औरहियाबाट गौरतर्फ आउँदै गरेको डुंगा पुल र्निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएर दुर्घटना भएको हो । प्रहरीका अनुसार डुंगा नै फुटेको छ ।

अहिले प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्दारमा जुटेको छ । तर, खोलामा बाढी आएको र रात परेकाले उद्दारमा समस्या भएको उनीहरुले बताए ।

साभार अनलाईन खबर


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...