Sunday 3rd August 2025

रौतहटको लालबकैया नदीमा डुंगा दुर्घटना, ३० जना वेपत्ता


तितोपाटी- रौतहटको गौर नगरपालिका वडा नम्बर ४ स्थित लालबकैया नदीमा डुंगा दुर्घटना भएको छ ।

डुंगामा ४० जना सवार थिए । उनीहरु मध्ये ३० जना अझै वेपत्ता छन् । १० जनाले पौडिएर ज्यान जोगाएका छन् । यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

औरहियाबाट गौरतर्फ आउँदै गरेको डुंगा पुल र्निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएर दुर्घटना भएको हो । प्रहरीका अनुसार डुंगा नै फुटेको छ ।

अहिले प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्दारमा जुटेको छ । तर, खोलामा बाढी आएको र रात परेकाले उद्दारमा समस्या भएको उनीहरुले बताए ।

साभार अनलाईन खबर


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

कुवेत शहर, जुलाई ३१ एक ठूलो कारबाहीमा, कुवेतको आपराधिक सुरक्षा क्षेत्रले, जसको प्रतिनिधित्व सामान्य लागूऔषध नियन्त्रण विभाग ( GDDC )…

प्रतिकृयाहरू
...