Thursday 9th April 2026

आशा लामाको तीज गीत”छम छम”सार्वजनिक(भिडीयो) सहित


तितोपाटी- खोटांग जिल्लामा जन्मिएकी गायिका आशा लामा बिगत २०५७ साल देखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल छिन् । उनको हिलेबाट भोजपुर जाने दाई लगाएतका धेरै गीतहरु अशंख्य संगीत पारखीहरु माझ अहिले पनि डिजिटल बजारमा रहेका छन् । आशा केहि समय अगाडी सम्म सांगीतिक क्षेत्रमा शसक्त रुपमा रहे पनि केहि बर्ष बिभिद कारणले पछाडी रहेकी थिइन् । तर यसरी पछी बस्दा आफ्ना अशंख्य संगीत पारखी श्रोता एवम् दर्शकहरुले दिनुभएको मायाले आफु छटपटीमा रहेको र आफुलाई लागेको संगीतको नशाले फेरी यसै क्षेत्रमा फर्किएको उनि बताउछिन् ।

केहि बर्षको अन्तराल पछी पुनः सांगीतिक क्षेत्रमा होमिएकी गायिका आशा अब भने यस क्षत्रबाट टाढा नहुने बिस्वाश ब्यक्त गर्छिन् । उनको पछिल्लो समयमा नेपाली नारीहरुको महान चाड हरिलातिका तिज २०७५ साललाई लक्षित गर्दै “छम छम” बोलको गीतको साथमा पुनः आगमन भएको हो । यस गीतमा आशा स्वयम् को एकल स्वर रहेको छ भने लय सप्रेमको र शब्द देव दत्त भट्टको रहेको छ । गीतको मिठासता जस्तै यस गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेको छ । भिडियोमा आशा, दामोदर, आंचल र डी.जे नानिको आकर्षक अभिनय देख्न सकिन्छ । यस भिडियोलाई निर्देशन बिजय राज ले गरेका हुन् भने छायांकन ज्ञान कुमार कटेल र सन्तोष पोख्रेल त्यसैगरी सम्पादन निर्देशक स्वयम् बिजय राजले गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...