Tuesday 3rd February 2026

सबिता पोखरेलको तीज गीतः ‘’विरानो भो माइतीको आँगनी”(भिडियो सहित)


तितोपाटी- पछिल्लो समय धेरै तिजका गितहरु बजारमा आइरहेका बेला पत्रकार तथा गीतकार सबिता पोखरेलको तीज गीत ‘विरानो भो माइतीको आँगनी’ सार्वजनिक भएको छ । यो साल समग्र तिज गितहरुले आफ्नै कला सस्कृती र मौलिकताको जगेनार्थ तयार भएका हुन कि भन्ने किसिमका गितहरु सार्बजनिक भैरहेका छन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ तथा बरिष्ठ गीतकार उन्नती शीला बोहरा, गायक शिव परियार, गीतकार संघ नेपालका उपाध्यक्ष भरत बमजनलगायतले गीत सार्वजनिक गरे । म्यूजिक खबरको आयोजना रहेका कार्यक्रममा बोल्दै चर्चित गायक परियारले तीज गीतले वास्तविकता बोकेको भन्दै गीतकार सबिता पोखरेललाई शुभकामना दिए । त्यस्तै, गीतकार संघका उपाध्यक्ष बमजनले म्यूजिक खबर पाक्षिकको सम्पादक समेत रहेकी गीतकार सविताको शब्द शैलीको प्रशंसा गरे । त्यस्तै गायिका एवं संगीतकार काव्य आचार्यले गीतकार सविताको शब्द मन परेकै कारण आफूले संगीत सिर्जना गरेको बताउँदै गीत सबैले मन पराइदिनु हुने आशा व्यक्त गरेकी छन् ।

गीतमा बिभिन्न गीतहरुमा आफ्नो कर्णप्रिय स्वर भरेर अशंख्य श्रोता एवम् दर्शकहरुको मन मुटुमा बस्न सफल गायिका काब्य आचार्यको सुमधुर स्वर रहेको छ । काब्य आचार्यको नै लय सृजनाले सजिएको यस गीतलाई सबिता पोखरेलको शब्द लहरिले छपक्कै बेरेको छ । गीतको भाव अनुसार म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको छ । राजिब बलामी द्वारा निर्देशित भिडियोलाई छायांकन कृष्ण श्रेष्ठले गरेका हुन् भने सम्पादन दिन्सन शाहले गरेका हुन् । भिडियोमा रिना थापा मगर, मेलिना ठकुरी र रिना राउतको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ ।


सम्बन्धित शीर्षकहरु

भारतको २०२६–२७ संघीय बजेटमा विदेश सहायता विनियोजनले नयाँ कूटनीतिक प्राथमिकताहरू स्पष्ट संकेत गरेको छ। सबैभन्दा ठूलो विकास सहायता भुटानलाई २,२८८…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले इरानको सट्टा भेनेजुएलाबाट तेल किन्न सम्झौता गरिसकेको दाबी गरेका छन्। शनिबार एयर फोर्स वनमा पत्रकारहरूसँग…

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

प्रतिकृयाहरू
...