Monday 16th June 2025

अाैषधीय गुणले भरिपुर्ण घिउकुमारीको जुस सेवनका फाइदा र वेफाइदाहरू


तितोपाटी – प्रकृतिले मानव जीवनका लागि अनेक उपहार दिएको छ । घिउकुमारी अर्थात् एलोभेरा पनि वनस्पतिको रूपमा प्राप्त त्यस्तै एउटा वरदान हो, जसमा औषधीय गुण हुन्छ । यसको पातको सेवनले क्यान्सरजस्ता रोगका लागि पनि लाभदायक हुन्छ तर यसलाई बढी मात्रामा प्रयोग गर्दा भने स्वास्थ्यमा हानी पनि पुग्छ ।

के हो एलोभेरा ?
एलोभेरामा ७५ प्रतिशत पानी, ७० प्रतिशत मिनरल, एन्जाइम्स, प्रोटिन, एमिनो एसिड र भिटामिन हुने गर्छ । यसको पात सीधै जमिनबाट उम्रने गर्छ र जुन २–३ फिट लामो र ३–४ इन्च चौडा हुन्छ । यसको दुवैपट्टि काँडा उम्रिएको हुन्छ । यसको पात गाढा हरियो रङको हुन्छ, जसलाई काट्दा वा खुर्किंदा घिउजस्तो जेल निस्कने गर्छ । अाउनुहोस घिउकुमारी सेवनका फाइदा र वेफाइदा बारे जानकारी लिउँ ।

जुस पिउँदाका फाइदा
एलोभेराको जुस नियमित पिउँदा शरीरमा इनर्जी बढ्छ । एलोभेराको जुसमा कैयौँ पोषण ततव, भिटामिन र मिनरल हुन्छन् । जसले शरीरको सिस्टममा सुधार ल्याउने गर्छ र ऊर्जा बढाउँछ । यस्तो जुस पिउँदा शरीरको प्रतिरक्षा क्षमता पनि बढेर जान्छ । यसका लागि एलोभेराको पात काटी त्यसलाई खुर्किएर तीनदेखि चार चम्चा निकाली त्यसको जुस तयार पार्नुस् ।

यसमा भएको एन्टिइन्फ्लेमेटरीले पेटको रोगलाई हटाउन सहयोग गर्छ । यसको नियमित सेवन गर्दा कब्जियतको समस्याबाट पनि बच्न सकिन्छ ।

एलोभेरा जुसको सेवनले छालामा पनि निखार ल्याउने गर्छ । यसको नियमित सेवनले छालालाई लामो समयसम्म जीवित र चमकदार राख्ने गर्छ । यसले छालाका विभिन्न समस्या, रिङ्कल्स, दाग, धब्बा, आँखाको कालो घेराजस्ता समस्या हटाउन भूमिका खेल्छ । यसले कपालमा पनि चमक ल्याउने गर्छ ।

शरीरमा भएका कैयौँ विषालु तत्वले शरीरमा नकारात्मक प्रभाव पार्छ । जसका लागि शरीरलाई डिटाक्सको जरुरी हुन्छ । एलोभेरा जुसमा राम्रो डिटाक्सिफिकेसन गुण हुन्छ ।

नियमित रूपमा एलोभेरा जुसको सेवनले अधिक तौल घटाउन पनि सहज हुन्छ । यसले पटक–पटक खानुपर्ने बानी पनि हटाउँछ । यसमा भएका विभिन्न पोषण ततवले शरीरलाई कमजोर हुुनबाट समेत बचाउँछ ।

यस्तो जुसले दाँतको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । यसमा भएको एन्टिमाइक्रोबाइल गुणले दाँतलाई सफा गरी कीटाणुबाट जोगाउन पनि भूमिका खेल्छ । यसले माउथ फ्रेसनरको काम पनि गर्छ ।

दैनिक ५० ग्राम एलोभेराको जुस पिउँदा क्यान्सररोगीका लागि लाभदायक हुन्छ । यस्तो जुसलाई केरा, मेवा, टुसाएका गेडागुडी र हरियो तरकारीसँग प्रयोग गर्न सकिन्छ ।

बेफाइदा पनि छन्
आवश्यकताभन्दा बढी एलोभेराको जुस प्रयोग गर्दा वा गलत तरिकाले लिँदा शरीरमा विभिन्न समस्या पार्छ । यसले पोटासियमको मात्रालाई घटाउने काम गर्छ । जसका कारण मुटुको धड्कन अनियमित हुनुका साथै कमजोर महसुस हुन्छ

यसमा ल्याक्सेटिभ एन्थ्रोक्विनोनलगायतका तत्व हुन्छ । त्यसैले यसको अनावश्यक प्रयोग गर्दा झाडापखाला लाग्ने सम्भावना हुन्छ ।

गर्भवती हुनुहुन्छ वा शिशुलाई स्तनपान गरिरहनुभएको छ भने एलोभेराको जुस सेवन गर्नुहुँदैन । यसो गर्दा गर्भपतन हुन सक्छ । १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि एलोभेराको जुस खुवाउनु हुँदैन ।


सम्बन्धित शीर्षकहरु

चीनले आफ्नो पाँचौं पुस्ताको J-20 स्टिल्थ लडाकु विमानको क्षमतामा ठूलो प्रगति भएको दाबी गरेको छ, र विगत दुई दशकमा अर्धचालक…

परराष्ट्रमन्त्री डा. आरजुराणा देउवाले इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा…

सामाजिक सञ्जाल टिकटकमा राजनीतिक नेतृत्वलाई गाली गरेको तथा साम्प्रदायिक सद्भावनामा खलल पुर्‍याएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ…

प्रतिकृयाहरू
...